‘संयुक्त राष्ट्रसंघको अर्को महासचिव महिला हुनुपर्छ’ « Khabarhub

‘संयुक्त राष्ट्रसंघको अर्को महासचिव महिला हुनुपर्छ’


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष अब्दुल्लाह शाहिदले संयुक्त राष्ट्रसंघको अबको महासचिव महिला हुनुपर्ने बताएका छन् ।

महासभाको ७६ औँ सत्रमा चार जना मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् भने महासचिवमा अहिलेसम्म कुनै पनि महिला चयन भएका छैनन् ।

महिलाको स्थितीसम्बन्धी आयोगको ६६ औँ अधिवेशनको उद्घाटन गर्दै शाहिदले यसलाई सच्याउन आवश्यक रहेको बताएका हुन् ।

‘लैङ्गिक समानता र महिला सशक्तीकरणको सवालमा संयुक्त राष्ट्रसङ्घले विश्वभर उत्कृष्ट मापदण्ड लागू गर्न आह्वान गर्दै म व्यक्तिगत रूपमा अर्को महासचिव महिला होस् भन्ने चाहान्छु ।’ उनले बताए, ‘म व्यक्तिगत रूपमा अर्को महासचिव महिला हुनको लागि आह्वान गर्दै नेतृत्व गर्नेछु।’

विगत ७६ वर्षमा संयुक्त राष्ट्रसंघको सबै नौ महासचिव पुरुष रहेका छन् । वर्तमान महासचिव एन्टोनियो गुटेर्रेस आफ्नो दोस्रो पाँच वर्षे कार्यकालको पहिलो वर्षमा छन् ।

(राससबाट)

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ३ : ४४ बजे

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

महेन्द्रनगर– काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम

८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।