'चिसो एष्ट्रे’ ले परिपक्व बनायो | Khabarhub Khabarhub

‘चिसो एष्ट्रे’ ले परिपक्व बनायो


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफुले पाएको भूमिकालाई जीवन्त बनाउने गर्छन् , अभिनेता दिव्य देवले । नेपाली फिल्ममा ’आवरण’ बाट उदाएका दिव्य थियटरको परिचित नाम बनिसकेका छन् । यद्दपी उनले डेब्यु फिल्ममै सफलता पाएनन् । डेब्यु फिल्ममै असफलता भोग्नु परेता पनि उनको अभिनय क्षमताले थियटरमा न्याय पायो । उनले थियटरमा देखाएको अभिनयले उनलाई थियटर प्रेमी माँझ मात्र होइन , फिल्मकर्मी माँझ पनि परिचित गरायो । यद्दपी उनले निकै कम फिल्म गरेका छन् ।

आउँदो शुक्रबार उनी अभिनित फिल्म ’चिसो एष्ट्रे’ प्रदर्शनमा आउँदैछ । गाउँबाट सहरमा आउने मानिसका सपना एष्ट्रेमा रखिएको चुरोटझैँ निभ्दै जाने विषयलाई फिल्ममा प्रस्तुत गरिएको छ । भूपि शेरचनले धेरै पहिला नै काठमाडौँलाई चिसो एष्ट्रेको रुपमा चित्रित गर्दै यहाँ आउने मानिस मुटुभरि आगो र ओठभरि ज्वाला बोकेर आउने र जानेहरू निभेका विश्वास र सपनाहरू सोहोरेर जाने भाव व्यक्त गरेका थिए । निर्देशक दिन्स पाल्पालीले भूपिको यहिँ भावमा रहेर फिल्म तयार गरेको बताएका छन् ।

२०७१ सालमै स्क्रिप्टलाई फिल्ममा उतार्ने तय भएको फिल्म बल्ल प्रदर्शनमा आउँदैछ। यहि फिल्ममा जोडिएपछि दिव्यले ’रुदाने’ को अफर समेत पाए । ’मैंले यो फिल्म पाएपछि आफुमा परिपक्वता पाएँ। मैंल त्यसपछि छानेको फिल्म र थियटरमा हुने प्लेले पनि मेरो करियरलाई उचाई दिन मदत गरेको छ’ दिव्यले भने ।

त्यसो त फिल्ममा ’इन’ हुन् उनलाई सहज थिएन् । उनले अडिसन दिएता पनि निर्देशक पाल्पालीको विश्वास जित्न सहज भने भएन । म त्यो समयमा अहिले भन्दा पनि निकै पातलो थिएँ । त्यसैले गर्दा मैंले पाएको क्यारेक्टरलाई न्याय गर्छु कि गर्दिन भन्नेमा निर्देशक ढुक्क थिएनन् । उनले निर्णय लिन समय लगाए । यद्दपी मेरो नाटक ह्याम्लेट हेरेकै कारण निर्माता भने विश्वत थिए’ फिल्ममा जोडिएको समयलाई दिव्यले सम्झिए ।

उनको त्यहि प्रोसेसले गर्दा फिल्मको ’कास्टिङ’ निकै बलियो रहेको बताए । ’मैंले मेरो साथी सर्कलमा फिल्मको कास्टिङको तारिफ सुनेको छु । यो फिल्म के कसो होला , तर हाम्रो फिल्म क्षेत्रले एउटा प्रतिभाववान निर्देशक पाएको छ’ दिव्यले भने । उनले फिल्मलाई दर्शकसम्म ल्याउनु अगाडी खड्किएको हरेक पक्षमा सुधार गर्न खोजेको बताए ।

फिल्ममा दिव्यसँगै सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ । फिल्म निर्माता महेशबाबु तिमल्सिनाले भने आफूले नेपालमा हेर्न चाहेका सिनेमा बनाउने अभिलाषामा फिल्म निर्माणमा संलग्न भएको बताए ।

दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । यसमा सह निर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन्।

निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ४ : १० बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले