ओलीले मधेश सरकारलाई भने– नारामा ‘बेटी बचाउ’, व्यवहार ‘साइकल पचाउ’ « Khabarhub

ओलीले मधेश सरकारलाई भने– नारामा ‘बेटी बचाउ’, व्यवहार ‘साइकल पचाउ’


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले मधेश सरकार भ्रष्टाचारमा लागेको आरोप लगाएका छन् ।

भक्तपुरमा आज एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्चले गरेको कार्यक्रममा अध्यक्ष ओलीले मधेश प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको आरोप लगाएका हुन् ।

उनले मधेश सरकारको नारा र व्यवहार फरक रहेको भन्दै कटाक्ष गरेका छन् ।

‘नारा लगाउँदा ‘बेटी पढाउ, बेटी बचाउ’ भन्ने । व्यवहारमा साइकल पचाउ काम । तपाईँहरूको प्रदेश २ को आकर्षक नारा सुन्नुभयो होला,’ ओलीले भने ।

साइकल खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेशका गत असोज १३ गते मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको थियो । प्रारम्भिक अनुसन्धानमा कार्यालयले भ्रष्टाचार गरेको अख्तियारले ठहरसमेत गरेको थियो । यही घटनाक्रमलाई लिएर ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

मधेश प्रदेश पर्यटकको हिसाव एकदमै राम्रो रहेको भन्दै उनले सुनकोसी डाइभर्सन बनेपछि यस क्षेत्रको सिँचाइ सुविधा पुग्ने बताए ।

अध्यक्ष ओलीले धार्मिक पर्यटनको हिसावले मधेश प्रदेश उत्कृष्ट रहेकोसमेत बताएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ४ : १२ बजे

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट