ओलीले मधेश सरकारलाई भने– नारामा ‘बेटी बचाउ’, व्यवहार ‘साइकल पचाउ’ « Khabarhub

ओलीले मधेश सरकारलाई भने– नारामा ‘बेटी बचाउ’, व्यवहार ‘साइकल पचाउ’


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले मधेश सरकार भ्रष्टाचारमा लागेको आरोप लगाएका छन् ।

भक्तपुरमा आज एमाले पर्सा–काठमाडौँ सम्पर्क मञ्चले गरेको कार्यक्रममा अध्यक्ष ओलीले मधेश प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको आरोप लगाएका हुन् ।

उनले मधेश सरकारको नारा र व्यवहार फरक रहेको भन्दै कटाक्ष गरेका छन् ।

‘नारा लगाउँदा ‘बेटी पढाउ, बेटी बचाउ’ भन्ने । व्यवहारमा साइकल पचाउ काम । तपाईँहरूको प्रदेश २ को आकर्षक नारा सुन्नुभयो होला,’ ओलीले भने ।

साइकल खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेशका गत असोज १३ गते मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको थियो । प्रारम्भिक अनुसन्धानमा कार्यालयले भ्रष्टाचार गरेको अख्तियारले ठहरसमेत गरेको थियो । यही घटनाक्रमलाई लिएर ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

मधेश प्रदेश पर्यटकको हिसाव एकदमै राम्रो रहेको भन्दै उनले सुनकोसी डाइभर्सन बनेपछि यस क्षेत्रको सिँचाइ सुविधा पुग्ने बताए ।

अध्यक्ष ओलीले धार्मिक पर्यटनको हिसावले मधेश प्रदेश उत्कृष्ट रहेकोसमेत बताएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ४ : १२ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर