युद्धको बहानामा मूल्यवृद्धि गरेकोमा झापा उपभोक्ता जागरण अभियानको आपत्ति « Khabarhub

युद्धको बहानामा मूल्यवृद्धि गरेकोमा झापा उपभोक्ता जागरण अभियानको आपत्ति


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – रुस युक्रेनबीच युद्धको बहानाबाजी गरेर पेट्रोलियम पदार्थ, खानेतेल लगायत दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि गरेकोमा उपभोक्ता जागरण अभियानले आपत्ति जनाएको छ । 

मूल्यवृद्धि विरुद्ध उपभोक्ता जागरण अभियानले झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएको हो  ।

अभियानले आज उपभोक्ता दिवसका अवसरमा बुझाएको पाँचबुँदे ध्यानाकर्षण पत्रमा रुस युक्रेन युद्ध र त्यसले पारेको असरले डलर र पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा विश्व नै महँगीको चपेटामा परेको उल्लेख गरिएको छ ।

अभियानका जिल्ला अध्यक्ष मोहन काजीको हस्ताक्षर भएको ध्यानाकर्षण पत्रमा बजारमा अस्वाभाविक रुपमा मूल्यवृद्धि गरिएकाले आम जनगुनासोलाई मध्यनजर गर्दै सरकारी अनुगमन संयन्त्रलाई परिचालन गरेर महँगी नियन्त्रण र बजारलाई स्वच्छ बनाउन अनुरोध गरिएको छ।

पत्रमा उपभोग्य वस्तु तथा सेवाको मूल्यसूची अनिवार्य राख्ने व्यवस्था कार्यान्वयन गराउन र त्यसो नगर्नेलाई कानुनी कारबाही गर्नसमेत माग गरिएको छ ।

अधिकांश व्यवसायीले इस्टमेट बिल प्रयोग गर्दै आएका र त्यसमा बिक्रेता, वस्तु, मात्रा र दररेट उल्लेख नभएकाले अविलम्ब बन्द गराउन माग गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी छवि रिजालले ध्यानाकर्षण पत्र बुझ्दै स्थानीय तहले बजार अनुगमनमा ध्यान नदिइरहेको बेला अभियानले सुरु गरेको कामलाई प्रशासनको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ४ : ३५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर