महिला तथा बालबालिकाको हक प्रभावकारी रूपमा कार्यान्वयन हुुनुपर्छः उपराष्ट्रपति « Khabarhub

महिला तथा बालबालिकाको हक प्रभावकारी रूपमा कार्यान्वयन हुुनुपर्छः उपराष्ट्रपति


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको संविधानले सुनिश्चित गरेको महिला तथा बालबालिकासम्बन्धी हकअधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासङ्घ (डब्ल्यूएनएफ)‘एभ्री बुमन’ नामक संस्थाले संयुक्त रूपमा आज काठमाडौँमा गरेको दक्षिण एसियाली महिला सम्मेलनमा उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् ।

उनले महिला सशक्तीकरणको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नु सबै सरोकारवालाको चासोको विषय हुनुपर्ने र संविधानले सुनिश्चित गरेको अधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए ।

उपराष्ट्रपति पुनले राज्यका विभिन्न निकायमा महिलाको पहुँच र सहभागिता बढ्दै जानु गणतन्त्रको उपलब्धि भएको पनि बताए ।

विश्वव्यापी रूपमा पछिलो समय बढ्दै गएको महिला हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए । उनले महिला अधिकार स्थापित गर्न निरन्तर अनुगमन र सरकारलाई आवश्यक सुझाव दिँदै आएको जानकारी दिए ।

महिला हिंसाविरुद्धको आवाजलाई विश्वव्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन दुईदिने दक्षिण एसियाली सम्मेलन सुरु भएको हो । सम्मेलनमा महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी गरी विभिन्न देशका करिब सय जना सहभागी छन् ।

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ४ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै