राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा « Khabarhub

राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी-  मुख्यमन्त्री कप १९ वर्षमुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले  टोली घोषणा गरेको छ ।

 सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिएको हो ।

टोलीमा स्नेहा महरा, मनिषा चौधरी, अन्नु कडायत, जानकी थापा, सुधा धामी, पवित्रा धामी, यशु पाण्डेय, यशोदा विष्ट, मनिषा बोहरा, सीमा कुँवर, आयुष्मा धानुक, रमा बुढाथोकी, अनिता जोशी र राधिका पुजारा रहेका छन् । यस्तै लक्ष्मी महर, कषिश पाल, चेतना कुँवर र मनिषा बोहरा वैकल्पिक खेलाडीको रुपमा छनोट भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ ।

 बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा १४ जनाको टोली घोषणा गरिएको सुदूरपश्चिम क्रिकेट प्रशिक्षक जानकी कुमारी भट्टले बताइन् ।

नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रदेशको सहयोगमा यही चैत ६ गतेदेखि धनगढीमा १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ ।

१९ वर्षमुनिको मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो । धनगढीको फाप्ला  क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा मुलुकको सातै प्रदेशको सहभागिता रहनेछ । उद्घाटन खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेशले  प्रतिस्पर्धा गर्ने छन्  ।

प्रतियोगिताले महिला क्रिकेट खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए  ।

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ५ : ०६ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल