एमसीसी परियोजनाबाट मुलुकले फाइदा लिन सक्नुपर्छः गृहमन्त्री खाँण « Khabarhub

एमसीसी परियोजनाबाट मुलुकले फाइदा लिन सक्नुपर्छः गृहमन्त्री खाँण


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना मुलुकको हितमा रहेको भन्दै यसबाट फाइदा लिनसक्नुपर्ने बताएका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौँ महानगरपालिकाले गरेको कार्यक्रममा एमसीसीका बारेमा अनावश्यक चर्चा चलेको भन्दै एमसीसी परियोजना मुलुकको हितमा रहेको र यसबाट फाइदा लिनुपर्ने बताएका हुन् ।

उनले एमसीसीका कारण उपभोक्तालाई पर्न सक्ने असरका बारेमा सरकार सचेत रहेको पनि बताएका छन् ।

मन्त्री खाँणले विद्युत् र उर्जाको उत्पादन बढे व्यापारको सन्तुलन बढ्न सक्ने सरकारको विश्वास रहेको बताए ।

उनले स्थानीय उत्पादनको प्रयोगलाई बढवा दिन नागरिक सचेतना बढाउनुपर्ने र यसमा उपभोक्ता अधिकारकर्मीको महत्वपूर्ण भूमिका हुनेसमेत बताए ।

‘सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्व उपभोक्ता अधिकार दिवस मनाइएको हो । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यो दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ५ : ३५ बजे

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट