तालिबानले घरैपिच्छे खानतलासी थालेपछि मानवअधिकारवादी चिन्तित « Khabarhub

तालिबानले घरैपिच्छे खानतलासी थालेपछि मानवअधिकारवादी चिन्तित


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानको सत्तामा रहेको तालिबानले मानिसका घरमा पसेर खानतलासी लिने गरेको भन्दै मानवअधिकारवादी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले अफगानिस्तानमा तालिबानले मानिसहरको घरमा पसेर खानतलासी लिइरहेको भन्दै चिन्ता व्यक्त गरेको हो ।

तालिबानले पूर्व सैनिक, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूमा काम गरेका व्यक्तिहरू र अरु मानिसहरूको घरमा पसेर खानतलासी लिने गरेको भारतको एएनआई समाचार संस्थाले जनाएको छ ।

गत महिनामात्रै तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले राजधानी काबुल र आसपासका क्षेत्रमा हतियार र अपराधीको खोजीका लागि ‘खानतलासी अभियान’ शुरु गरिएको जनाएका थिए ।

अधिकारवादी संस्थाहरूले भने यस्तो गतिविधिले भयको वातावरण सिर्जना भएको जनाएका छन् ।

विदेशी संस्था एवम् यसअघि सेनामा कार्यरत व्यक्तिका परिवारले भने तालिबानबाट पहिचान लुकाउन महत्वपूर्ण दस्तावेज, ल्यापटप, मोबाइल फोन जस्ता उपकरण नष्ट गर्न बाध्य भएको जनाइएको छ ।

(एएनआईबाट)

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ६ : ०४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर