शौच गर्ने थलो बन्दै धनगढी बजारको नेपाल वायुसेवा निगमको जग्गा « Khabarhub

शौच गर्ने थलो बन्दै धनगढी बजारको नेपाल वायुसेवा निगमको जग्गा


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम- नेपाल वायुसेवा निगमको धनगढी बजार क्षेत्रमा रहेको जग्गा कवाडीका सामान राख्ने र शौच गर्ने थलोको रुपमा परिणत भएको छ ।

जग्गा रेखदेखको अभावका कारण बेवारिसे बनेपछि कवाडी राख्ने र शौच गर्ने थलोमा परिणत भएको हो । उक्त  जग्गामा प्रवेश गर्ने मुख्य प्रवेशद्वार (गेट) भत्किएको छ । भने वरिपरि लगाइएको पर्खालसमेत ठाउँ ठाउँमा भत्किएको छन्  ।

झण्डै दश कट्ठा क्षेत्रफल रहेको उक्त जग्गाको पछिल्लो एक दशकभन्दा बढी समयदेखि कसैबाट रेखदेख भएको देखिँदैन । जग्गा नजिकैको कालोपत्र सडक छेउमा व्यापार गर्दै आउनुभएका स्थानीय रसीतुल्लाले भने ।

नियमित उडान गर्न नसकेपछि धनगढी विमानस्थलबाट वायुसेवा निगमले धनगढीको कार्यालय बन्द गरेको थियो ।  निगमले सुदूरपश्चिमको डोटी, अछाम, बझाङ, बाजुरा लगायतका क्षेत्रमा धनगढी विमानस्थलबाट केही महिनादेखि हवाई सेवा सुरु गरेको छ ।

धनगढी सहरको मुटुमा रहेको यो जग्गा उपयोगमा ल्याउन सके कार्यालयको आम्दानी बढ्न सक्थ्यो निगमका एक कर्मचारीले भने , धनगढीमा रहेको जग्गा भाडामा लगाउने वा आफ्नै भवन निर्माण गर्ने भन्ने विषयमा केन्द्रमा कुरा चलिरहेको छ ।

यसअघि निगमले विगतमा उक्त जग्गालाई भाडामा दिने प्रक्रिया थालेको थियो । भाडामा लिने पहल गर्नुभएका स्थानीयवासी रमण चन्द्र श्रेष्ठले जटिल कानुनी प्रक्रियासँगै लापर्बाहीका कारण भाडामा लिन नसकिएको बताए  ।

पछिल्लो समय उक्त जग्गामा बालुवा र गिट्टी समेत थुपार्ने गरिएको छ । कवाडी राख्ने र शौच गर्ने थलो बन्दा वरिपरिको वातावरणसमेत दुर्गन्धित भइरहेको छ स्थानीयवासी रसी तुल्लाले भने  ।

जग्गा नजिकै रहेको खोलामा धनगढी उपमहानगरपालिकाले फोहोरको व्यवस्थापन गर्न थालेपछि वातावरण थप दुर्गन्धित बनेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : २२ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ