राप्ती गाउँपालिकामा घर–घर जाऔँ, काँग्रेस जिताऔँ अभियान कार्यक्रम सम्पन्न  « Khabarhub

राप्ती गाउँपालिकामा घर–घर जाऔँ, काँग्रेस जिताऔँ अभियान कार्यक्रम सम्पन्न 


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- नेपाली काँग्रेस दाङ  क्षेत्र नं १ को राप्ती गाउँपालिकामा  नेपाली काँग्रेसले ‘घर–घर जाऔँ  कांग्रेस जिताऔँ अभियान कार्यक्रम सम्पन्न गरेको छ । 

राप्ती गाउँपालिकाको पिपरीमा कार्यक्रम आयोजना भएको थियो । आज आयोजित कार्यक्रममा बोल्दै कांग्रेस नेताहरूले कार्यकर्तालाई आगामी दिनमा नेपाली कांग्रेसलाई सबै तर्फबाट विजयी बनाउन आव्हान गरेका थिए।

कार्यक्रम दाङ जिल्ला क्षेत्र नम्बर १ का  प्रदेश सभा क सभापति श्रीपत चौधरीको अध्यक्षतामा भएको हो । भने  भेटघाट तथा अन्तरक्रियामा नेपाली काँग्रेस दाङका  केन्द्रीय सदस्य चन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको थियो ।

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि यही फागुन २९ गतेदेखि एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान लाई सफल बनाउने उद्देश्यका साथ क्षेत्र नं १ प्रदेश सभा क का पालिका पदाधिकारी, वडा कमिटीलाई लक्षित गरि भेटघाट तथा अन्तरक्रिया गरिएको थियो । 

अभियान अन्तर्गत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउन आव्हान गरिएको छ ।

हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा परिचालन गर्न आव्हान गरिएको नेपाली कांग्रेस राप्ती गाउँपालिका, दाङका सचिव तथा प्रवक्ता तिर्थराज ज्ञवालीले बताए ।  

कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनभावना विपरीतका गतिविधि, असंवैधानिक कदम, प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मक रूपमा सरकारमा जानु परेको यथार्थ जनतामाझ राखिने कार्यक्रममा बताएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ८ : २८ बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट