एमसीसीबारेको भ्रम चिर्न भन्दै काँग्रेसबाट पुस्तिका प्रकाशन | Khabarhub Khabarhub

एमसीसीबारेको भ्रम चिर्न भन्दै काँग्रेसबाट पुस्तिका प्रकाशन


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले एमसीसी सम्झौताबारे प्रष्ट पार्न पुस्तिका प्रकाशन गरेको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालयले एमसीसी अनुदान सहायता सम्झौता भ्रम र यथार्थ शीर्षकको पुस्तक नै प्रकाशन गरेर यसबारेको भ्रम चिर्न लागेको हो ।

अमेरिकी अनुदान सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएसँगै काँग्रेसले यसबारेको भ्रम चिर्न पुस्तक प्रकाशन गरेर कार्यकर्तालाई दिन लागेको हो ।

एमसीसीविरुद्ध नागरिकहरूमा नकारात्मक धारणाको विकास गरिएको भन्दै त्यस्तो भ्रम चिर्नु पर्ने काँग्रेसले बताएको छ । एमसीसी विशुद्ध अनुदान सम्झौता भएको र यसले देशको विकासमा टेवा पुग्ने काँग्रेसले बताउँदै आएको छ ।

काँग्रेसले आफ्नो दस्तावेजमा ३० वटा भ्रम र त्यसबारेको यथार्थ समेटेको छ । केन्द्रीय कार्यालयले दस्तावेज छपाई गरी ७७ वटै जिल्लामा खटिएका केन्द्रीय नेताहरूमार्फत् वडा–वडासम्म पुर्‍याउने र त्यसबारे फैलाइएका भ्रम चिर्ने बताएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ८ : ३२ बजे

केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने

तेहरान – इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटही