दुई अर्बको बचतपत्र निष्कासन गर्दै राष्ट्र बैंक « Khabarhub

दुई अर्बको बचतपत्र निष्कासन गर्दै राष्ट्र बैंक


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले रु दुई अर्ब बराबरको नागरिक बचतपत्र निष्कासन गर्ने भएको छ ।

नेपाल सरकारका तर्फबाट मौद्रिक व्यवस्थापन विभागद्वारा पाँच वर्ष समयावधि हुने ‘नागरिक बचतपत्र, २०८३ (क)’ निष्कासन गर्न लागिएको हो ।

केन्द्रीय बैंकले आज सूचना जारी गर्दै १० प्रतिशत (ब्याजकर लाग्ने) वार्षिक ब्याजदर र पाँचवर्षे समयावधि रहेको बचतपत्र निष्कासन गर्ने जनाएको छ ।

बचतपत्रमा नेपाली नागरिकले घटीमा रु १० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई रु १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने छ । बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा भुक्तानी हुने  छ । भने यसको अन्तिम साँवा भुक्तानी आगामी २०८३ चैत ३० गते हुने उल्लेख छ ।  इच्छुक खरिदकर्ताले बचतपत्र खरीद गर्न राष्ट्र बैंकको वेबसाइट प्रयोग गरी अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आफूलाई पायक पर्ने राष्ट्र बैंकबाट बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाको सहयोगमा समेत अनलाइन आवेदन भर्न सकिने व्यवस्था गरिएको छ ।

राष्ट्र बैकले बचतपत्रको ब्याज खरिदकर्तालाई पायक पर्ने बैंक तथा वित्तीय संस्था, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्था र केन्द्रीय बैंकका प्रदेशस्थित कार्यालयबाट भुक्तानी लिन सकिने व्यवस्था गरेको जनाएको छ ।

बचतपत्र खरिद गर्न चाहनेले राष्ट्र बैंकले तोकेबमोजिम यही चैत १ गते देखि २० गतेसम्म आवेदन दिन सक्ने छन् । चैत ३० गते बचतपत्र निष्कासन गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ९ : ०८ बजे

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको

सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा

काठमाडौं– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा

प्रतिनिधिसभा बैठक : कसले के-के भने ? 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मिटरब्याज (अनुचित लेनदेन) पीडितका माग तत्काल