दुई अर्बको बचतपत्र निष्कासन गर्दै राष्ट्र बैंक | Khabarhub Khabarhub

दुई अर्बको बचतपत्र निष्कासन गर्दै राष्ट्र बैंक


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले रु दुई अर्ब बराबरको नागरिक बचतपत्र निष्कासन गर्ने भएको छ ।

नेपाल सरकारका तर्फबाट मौद्रिक व्यवस्थापन विभागद्वारा पाँच वर्ष समयावधि हुने ‘नागरिक बचतपत्र, २०८३ (क)’ निष्कासन गर्न लागिएको हो ।

केन्द्रीय बैंकले आज सूचना जारी गर्दै १० प्रतिशत (ब्याजकर लाग्ने) वार्षिक ब्याजदर र पाँचवर्षे समयावधि रहेको बचतपत्र निष्कासन गर्ने जनाएको छ ।

बचतपत्रमा नेपाली नागरिकले घटीमा रु १० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई रु १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने छ । बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा भुक्तानी हुने  छ । भने यसको अन्तिम साँवा भुक्तानी आगामी २०८३ चैत ३० गते हुने उल्लेख छ ।  इच्छुक खरिदकर्ताले बचतपत्र खरीद गर्न राष्ट्र बैंकको वेबसाइट प्रयोग गरी अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आफूलाई पायक पर्ने राष्ट्र बैंकबाट बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाको सहयोगमा समेत अनलाइन आवेदन भर्न सकिने व्यवस्था गरिएको छ ।

राष्ट्र बैकले बचतपत्रको ब्याज खरिदकर्तालाई पायक पर्ने बैंक तथा वित्तीय संस्था, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्था र केन्द्रीय बैंकका प्रदेशस्थित कार्यालयबाट भुक्तानी लिन सकिने व्यवस्था गरेको जनाएको छ ।

बचतपत्र खरिद गर्न चाहनेले राष्ट्र बैंकले तोकेबमोजिम यही चैत १ गते देखि २० गतेसम्म आवेदन दिन सक्ने छन् । चैत ३० गते बचतपत्र निष्कासन गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ९ : ०८ बजे

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भिडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौं– नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक

४ महिनामा सरकारको अवस्था : आम्दानीभन्दा १ खर्ब ३५ अर्ब बढी खर्च

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ४ महिनामा सरकारले एक आम्दानीभन्दा

शेख हसिनाविरुद्ध फैसला आउनुअघि बङ्गलादेशमा सुरक्षा व्यवस्था कडा

ढाका- बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध मानवताविरुद्धको

राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

काठमाडौं– राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको

लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै 

ताप्लेजुङ– नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायले