मानव बेचविखन मुद्दामा दोषी ठहर भई फरार पतिपत्नी पक्राउ « Khabarhub

मानव बेचविखन मुद्दामा दोषी ठहर भई फरार पतिपत्नी पक्राउ


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मानव बेचविखन तथा ओसारपसार र अपहरण मुद्दामा दोषी ठहर भई फरार रहेका पतिपत्नीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले जनकपुरधाम–१३ का ४२ वर्षीय रामजी पासवान र उनकी श्रीमती ३२ वर्षीया विभा पासवानलाई पक्राउ गरेको हो ।

मानव बेचविखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना तथा विभालाई १७ वर्ष कैद र १ लाख ५० हजार जरिवाना हुने गरी फैसला गरेको थियो ।

२०७७ माघ २२ गते अदालतको फैसला आएसँगै उनीहरू फरार भएका थिए ।

उनीहरूलाई मंगलबार जनकपुरधाम–१३ बाट पक्राउ गरिएको हो । अदालतले उनीहरूलाई सुनसरीको झुम्का कारागार पठाउन आदेश दिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ११ : ५४ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख