नवप्रवेशी टिम गुजरात टाइटन्स आईपीएलको शीर्ष स्थानमा « Khabarhub

नवप्रवेशी टिम गुजरात टाइटन्स आईपीएलको शीर्ष स्थानमा


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै गुजरात शीर्ष स्थानमा पुगेको हो ।

राजस्थानले गुजरातले दिएको १ सय ९३ रनको लक्ष्य भेट्न नसक्दा पराजित हुनु परेको हो । राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र जोड्न सक्यो ।

राजस्थानका लागि जोश बट्लरले ५४, शिम्रन हिटमायर २९, रियान परागले १८ रन जोड्दा जेम्स निशमले १७ रन बनाए ।

गुजरातका लकी फर्गुसन र यश डायलले तीन तीन विकेट लिए । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।

गुजरातका कप्तान हार्दिक पाण्डयले ८७ रन बनाउँदा अभिनव मनोहरले ४३ रन जोडे । राजस्थानका कुलदिप सेन,युजभेन्द्र चाहल र रियान परागले एकएक विकेट हात पारे ।

गुजरात चौंथो जित दर्ता गर्दै ५ खेलमा ८ अंकसहित शीर्ष स्थानमा पुगेका हो । तेस्रो स्थानमा झरेको राजस्थानले ५ खेलमा ६ अंक जोडेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : ५५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु