भानुभक्त प्राणी उद्यानमा चरा गणना गरिने « Khabarhub

भानुभक्त प्राणी उद्यानमा चरा गणना गरिने


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको व्यास नगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानले चरा गणना गर्ने भएको छ । वन्यजन्तु सप्ताहको अवसर पारेर प्राणी उद्यानले यस क्षेत्रमा चरा गणना गर्न लागेको हो ।

प्राणी उद्यानले ओगटेको वन क्षेत्रमा चरा गणना गरिएको संरक्षण अधिकृत भोजराज पन्थले जानकारी दिए । उनका अनुसार हालसम्म प्राणी उद्यानको क्षेत्रभित्र १८५ प्रजातिका चरा भेटिएका छन् ।

चरा अनुगमनका क्रममा फेला परेका प्रजातिको तथ्याङ्क राख्ने गरिएको छ । चार सय २५ हेक्टर क्षेत्रफलमा फैलिएको सो उद्यानमा गत वर्ष प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घको सङ्कटापन्न सूचीमा रहेको विश्वमा दुर्लभ मानिएको गोमायु महाचील र सेतो गिद्ध, संवेदनशील सूचीमा रहेको हिमाली गिद्ध, चश्मे उलुक र घेघरी झाडीफिस्टोसहित नेपालमा मात्र पाइने चरा काँडे भ्याकुरलगायत विभिन्न रैथाने, हिउँदे र ग्रीष्मकालीन आगन्तुक चरा रेकर्ड गरिएको थियो ।

चरा अनुगमन गर्नका लागि उद्यानको सबै क्षेत्रलाई समेटिने गरी लाइन ट्रान्जेक्ट बनाई बिहान र बेलुका उक्त ट्रान्जेक्टमा पैदल हिँडी अवसर अनुगमन गर्ने तयारी छ । चरा प्रत्यक्ष देखेर वा स्वर सुनेका आधारमा पहिचान गरी ‘मेकानेन’ विधिबाट अभिलेख राखिने बताइएको छ । उक्त कार्यका लागि बाइनाकुलर, क्यामेरा र चरा पहिचान पुस्तकको प्रयोग गरिन्छ ।

नेपालका विभिन्न स्थानमा पाइने वन्यजन्तुको प्रतिनिधिमूलक वनका रूपमा संरक्षण गर्ने, मध्यपहाडी वन क्षेत्रका घाइते तथा टुहुरा वन्यजन्तुको उद्धार गरी संरक्षण एवं संवद्र्धन गर्ने, वंशाणुगत विविधता संरक्षण गर्ने, प्रयोगशाला अध्ययन, अनुसन्धान प्रवद्र्धन गर्दै संरक्षित क्षेत्रमा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनमा विकास गर्नेलगायतका उद्देश्य राखेर सरकारले भानुभक्त प्राणी उद्यानको कामलाई अगाडि बढाएको छ।

उक्त उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १० : ५९ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील