कृष्ण सगरमा क्षतिग्रस्त रुसी युद्धपोत डुब्यो, रुसी रक्षामन्त्रालयको पुष्टि « Khabarhub

कृष्ण सगरमा क्षतिग्रस्त रुसी युद्धपोत डुब्यो, रुसी रक्षामन्त्रालयको पुष्टि


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी क्षेप्यास्त्र आक्रमणको निशानामा परेको रुसी युद्धपोत मोस्कवा डुबेको छ । रुसी रक्षामन्त्रालयले मोस्कवा डुबेको पुष्टि गरेको हो ।

बीबीसीका अनुसार क्षतिग्रस्त युद्धपोतलाई बन्दरगाहतर्फ लैजानेक्रममा ‘अस्थिर समुद्र’ का कारण युद्धपोत डुबेको रक्षा मन्त्रालयले जनाएको छ ।

बिहीबार रुसी फौज अन्तर्गतको कृष्ण सागरीय नौसेनाको शीर्षस्तरको मोस्कवा युद्धपोत युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी क्षतिग्रस्त भएको समाचार सार्वजनिक भएको थियो ।

युक्रेनले भने नेप्चुन नामक क्षेप्यास्त्र आक्रमणका कारण युद्धपोत ध्वस्त भएको जनाएको छ । यद्यपि रुसी पक्षले भने युद्धपोतमा आगलागी भएको स्वीकार गरेपनि के कारणले आगलागी भएको हो भन्ने खुलाएको छैन ।

बीबीसीका अनुसार रुसी रक्षामन्त्रालयले युद्धपोतमा लागेको आगोले युद्धपोतको गोलीगठ्ठा भण्डारणमा बिष्फोट भएको बताउने गरेको छ । आक्रमणका बेला युद्धपोतमा ५१० चालक दलका सदस्य रहेको युक्रेनी पक्षको भनाइ छ ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आक्रमण थालेको प्रारम्भिक केही दिनहरूमा मोस्कवा युद्धपोतले कृष्णसागरको तटमा रहेको युक्रेनको स्नेक टापुमा रहेका रक्षकलाई आत्मसमर्पण गर्न प्रस्ताव गरेका थिए ।  प्रस्तावको जवाफमा टापुका रक्षकहरुले मोस्कवालाई ‘नर्क जान’ भनेका थिए ।

१९८० को दशकको शुरुमा तत्कालीन सोभियत संघमा निर्मित युद्धपोतलाई सुरुआती चरणमा स्लाभा नाम दिइएपनि पछि नाम परिवर्तन गरेर मोस्कवा राखिएको बीबीसीले जनाएको छ । सन् २००० ताका मात्रै कृष्ण सागरीय नौसेनाको शीर्ष युद्धपोतका रुपमा तैनाथ गरिएको थियो ।

युद्धपोत भेदी भुल्कान पी–१००० क्षेप्यास्त्र जडित यो युद्धपोत सिरियामा रुसी सैनिक कारवाहीका क्रममा पनि महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १२ : ०१ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक