कृष्ण सगरमा क्षतिग्रस्त रुसी युद्धपोत डुब्यो, रुसी रक्षामन्त्रालयको पुष्टि « Khabarhub

कृष्ण सगरमा क्षतिग्रस्त रुसी युद्धपोत डुब्यो, रुसी रक्षामन्त्रालयको पुष्टि


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी क्षेप्यास्त्र आक्रमणको निशानामा परेको रुसी युद्धपोत मोस्कवा डुबेको छ । रुसी रक्षामन्त्रालयले मोस्कवा डुबेको पुष्टि गरेको हो ।

बीबीसीका अनुसार क्षतिग्रस्त युद्धपोतलाई बन्दरगाहतर्फ लैजानेक्रममा ‘अस्थिर समुद्र’ का कारण युद्धपोत डुबेको रक्षा मन्त्रालयले जनाएको छ ।

बिहीबार रुसी फौज अन्तर्गतको कृष्ण सागरीय नौसेनाको शीर्षस्तरको मोस्कवा युद्धपोत युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी क्षतिग्रस्त भएको समाचार सार्वजनिक भएको थियो ।

युक्रेनले भने नेप्चुन नामक क्षेप्यास्त्र आक्रमणका कारण युद्धपोत ध्वस्त भएको जनाएको छ । यद्यपि रुसी पक्षले भने युद्धपोतमा आगलागी भएको स्वीकार गरेपनि के कारणले आगलागी भएको हो भन्ने खुलाएको छैन ।

बीबीसीका अनुसार रुसी रक्षामन्त्रालयले युद्धपोतमा लागेको आगोले युद्धपोतको गोलीगठ्ठा भण्डारणमा बिष्फोट भएको बताउने गरेको छ । आक्रमणका बेला युद्धपोतमा ५१० चालक दलका सदस्य रहेको युक्रेनी पक्षको भनाइ छ ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आक्रमण थालेको प्रारम्भिक केही दिनहरूमा मोस्कवा युद्धपोतले कृष्णसागरको तटमा रहेको युक्रेनको स्नेक टापुमा रहेका रक्षकलाई आत्मसमर्पण गर्न प्रस्ताव गरेका थिए ।  प्रस्तावको जवाफमा टापुका रक्षकहरुले मोस्कवालाई ‘नर्क जान’ भनेका थिए ।

१९८० को दशकको शुरुमा तत्कालीन सोभियत संघमा निर्मित युद्धपोतलाई सुरुआती चरणमा स्लाभा नाम दिइएपनि पछि नाम परिवर्तन गरेर मोस्कवा राखिएको बीबीसीले जनाएको छ । सन् २००० ताका मात्रै कृष्ण सागरीय नौसेनाको शीर्ष युद्धपोतका रुपमा तैनाथ गरिएको थियो ।

युद्धपोत भेदी भुल्कान पी–१००० क्षेप्यास्त्र जडित यो युद्धपोत सिरियामा रुसी सैनिक कारवाहीका क्रममा पनि महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १२ : ०१ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका