उत्तर कोरियाली ह्याकरले एकैपटकमा ६२ करोड डलर चोरी गरेको खुलासा « Khabarhub

उत्तर कोरियाली ह्याकरले एकैपटकमा ६२ करोड डलर चोरी गरेको खुलासा


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाली ह्याकहरुले एकैपटकमा ६२ करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरेको खुलासा भएको छ ।

अमेरिकाको संघीय जाँचबुझ निकाय एफबीआईले उत्तर कोरियाली ह्याकहरुका समूहले एक भिडियो गेम कम्पनीबाट एकैपटकमा ६२ करोड डलर चोरी गरेको खुलासा गरेको हो ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार उत्तर कोरियाली ह्याकिङ समूह लजारस ग्रुप र एपीटी ३८ ले मार्च २९ का दिन ६२ करोड डलर बराबरको इथेरियम नामक क्रिप्टो चोरी गरेका थिए ।

यसअघि भिडियो गेम ‘एक्सी इन्फिनिटी’ को कम्प्युटर सञ्जाल ह्याक भएको जनाइएको थियो । ‘एक्सी इन्फिनिटी’ को निर्माता कम्पनी स्काई माभिसले मार्च २९ मा अज्ञात ह्याकरहरुले ६० करोड बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको जनाएको थियो ।

सर्वोच्च नेता किम जोङ उनको शासनकालमा उत्तर कोरियाले साइबर आक्रमणमार्फत ठूलो परिमाणमा पैसा संकलन गर्दै आएको बताइन्छ । साइबर आक्रमणबाट चोरी गरेको पैसा उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रममा खर्च गर्दै आएको छ ।

उत्तर कोरियाले गत महिनामात्रै चार वर्षपछि पहिलो पटक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

क्रिप्टोकरेन्सीको निगरानी गर्दै आएको चेनएनलाइसिस नामक श्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार पछिल्ला केही वर्षयता लजारस ग्रुपले साइबर आक्रमणमार्फत अनुमानित १ अर्ब ७५ करोड बराबरको डिजिटल मुद्रा चोरी गरिसकेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १२ : ४२ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र