पूर्वका दुई शहर कब्जा गर्ने रुसी प्रयास विफल पारिएको युक्रेनी दाबी « Khabarhub

पूर्वका दुई शहर कब्जा गर्ने रुसी प्रयास विफल पारिएको युक्रेनी दाबी


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी युक्रेनका पोपास्नारुबिज्ने शहरलाई कब्जा गर्ने रुसी प्रयास विफल पारिएको युक्रेनी सेनाले जनाएको छ । युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै पूर्वी युक्रेनको डोनेत्स्क र टाभ्रिया क्षेत्रमा रहेका ती शहरलाई कब्जा गर्ने रुसी प्रयासलाई असफल पारेको जनाएको हो ।

बीबीसीका अनुसार पछिल्लो २४ घण्टामा पूर्वी युक्रेनमा रुसी फौजका आठ आक्रमण असफल पारिएको युक्रेनी फौजको दाबी छ ।

यसक्रममा युक्रेनी फौजले रुसका चार ट्यांक, ६ बख्तरबन्द गाडी, चार सैनिक सवारी साधन र एक आर्टिलरी प्रणाली ध्वस्त पारेको युक्रेनी सेनाले जनाएको छ ।

यद्यपि युक्रेनी फौजको दाबीको स्वतन्त्र पुष्टि भने नभएको बताइएको छ ।

पछिल्ला केही दिनयता रुसले राजधानी किभ आसपासबाट आफ्ना सैनिक फिर्ता बोलाएर आक्रमणलाई पूर्वी तथा दक्षिण युक्रेनतर्फ केन्द्रित गर्दै आएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १ : २४ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले