रोकिएको 'राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान' आइतबार हुँदै | Khabarhub Khabarhub

रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ आइतबार हुँदै


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय नेपालमा वर्षेनी थुप्रै अवार्डहरु भइरहेका छन्।

फिल्मकर्मी, संगीतकर्मी वा विधागत क्षेत्रलाई समेटेर प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना गर्ने गरिन्छ।

अवार्डले सम्बन्धित क्षेत्र वा विधामा कार्यरतलाई उत्साह थप्नेसँगै काम गर्ने प्रेरणा मिल्ने विश्वास छ। यद्यपि पछिल्ला वर्षमा बढ्दो अवार्ड आयोजनाहरुले यसको प्रतिष्ठासमेत घटाइरहेको छ। नेपाली रंग क्षेत्रलाई समेटेर हुने गरेको अवार्डको गुणस्तर भन्दा संख्या बढेको आरोप लागिरहेकै अवस्थामा कोरोना भाइरसले महामारी निम्त्यायो।

सन् २०१९ को डिसेम्बर अन्तिममा चीनमा भेटिएको कोरोना भाइरसले विश्व नै ठप्प बनायो। यसबाट नेपाल अछुतो रहने कुरै भएन। नेपालमा पनि विश्वका अन्य देश झै सबै क्षेत्र ठप्प भए। कोरोना भाइरसको पहिलो लहरको कारण भएको लकडाउन पश्चात पनि फिल्म क्षेत्रलाई भने लयमा फर्किन समय लागिरहेको छ। पहिलो लकडाउन सकिएको केही समयमै दोस्रो, तेस्रो पटक लकडाउन हुँदा मनोरञ्जन क्षेत्रले अन्य भन्दा बढी सास्ती खेप्नु पर्यो। गीतसंगीत र त्यसको म्युजिक भिडियो निर्माणले तीव्रता पाए ता पनि फिल्मले लय समात्न समय लागिरहेकै छ।

कोरोना भाइरसको कारण थालिएको फिल्म क्षेत्र कसरी पुनः लयमा फर्काउने भन्ने विषयमा राम्रै बहस पनि भयो । हल सञ्चालनमा आएपछि विदेशी फिल्मले गरेको व्यापारले दर्शक हलसम्म आउनेमा दुईमत रहेन ।

गएको दुई वर्षमा नेपाली फिल्मलाई लक्षित गरेर गरिने अवार्ड पनि रोकिए। कोरोना भाइरसको महामारीको कारणले गर्दा फिल्म प्रदर्शनमा नआएपछि अवार्ड स्थगित भए। नेपाल सरकारको तर्फबाट आयोजना गरिने राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान , नेपाल चलचित्र प्राविधिक संघको फिल्म अवार्ड, डिजिटल सिने अवार्ड, नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी) राष्ट्रिय अवार्ड, कामना फिल्म अवार्ड, एलजी सिने सर्कल अवार्ड, बक्स अफिस फिल्म अवार्ड, फान अवार्ड, इनास अवार्ड लगायतका अवार्ड कोरोना भाइरसको महामारी अगाडि भइरहेका फिल्म अवार्ड हुन्।

यिमध्ये केही अवार्डहरु निरन्तर थिए भने केही निरन्तर हुन् सकेका थिएनन्। तर विस्तारै अवार्डहरु हुन् थालेका छन् । गत वर्षको चैत्र २६ मा काभ्रे स्थित धुलिखेलमा डिसीने अवार्ड सम्पन्न भइसकेको छ । लगत्तै नेपाल सरकारको तर्फबाट चलचित्र विकास बोर्डले प्रदान गर्ने राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान  पनि हुने भएको छ ।

विक्रम संवत २०७६ सालमा रिलिज भएका फिल्महरुको आधारमा बोर्डले आइतबार शीतलनिवासमा अवार्ड प्रदान गर्दैछ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने अवार्डको तयारी सम्पन्न भएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ४ : ४५ बजे

बसको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा बसको ठक्करबाट घाइते भएका

‘हरिबहादुरको जुत्ता’का दर्शक भेट्न नेपालगञ्ज पुगे हरिवंश

काठमाडौं – कलाकार हरिवंश आचार्य दर्शकलाई भेट्न नेपालगञ्ज पुगेका छन्

भूमिहीनलाई जग्गा माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं – भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने

ओलीजीले ११ औँ महाधिवेशनबाट बिदा लिनुपर्छ : सुरेन्द्र पाण्डे (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे अहिले नेतृत्व परिवर्तनको पक्षमा

नागरिकको छातीमा दागेको गोलीको जिम्मा राज्यले किन लिँदैन ?

काठमाडौं- भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनमा प्रदर्शनकारीको टाउको, छाती