नियम विपरित शो चलाएपछि बिग, एफक्युब र बिएसआर मुभिजमाथि कारवाहीका लागि सिफारिस « Khabarhub

नियम विपरित शो चलाएपछि बिग, एफक्युब र बिएसआर मुभिजमाथि कारवाहीका लागि सिफारिस


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नियम विपरित रात्री सो सञ्चालन गरेको तथा टिकट दर नै नराखी टिकट बिक्री गरेको थाहा पाएपछि चलचित्र विकास बोर्डले काठमाडौँका तीन ठूला हललाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

चलचित्र विकास बोर्डले शुक्रबार राजस्व अनुसन्धान विभाग तथा जिल्ला प्रशासन कार्यलयलाई पत्र लेख्दै तीनै हलमाथि छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको हो ।

बोर्डका अध्यक्ष दयाराम दाहालले बिग मुभिजले अनुमतिबिना बिहानैदेखि सो सञ्चालन गरेको र एफक्युबले टिकट दर नै नराखी टिकट बिक्री गरेको उजुरीका आधारमा कारबाहीका लागि राजस्वलाई अनुरोध गर्ने निर्णय गरेको जानकारी गराए ।

‘अतिरिक्त सो सञ्चालन गर्नुअघि बोर्डसँग स्वीकृति लिनुपर्ने नियम छ जुन हलले पूरा गरेको पाइएन । यसैगरी केही हलले राजस्व छल्ने मनसायले टिकट दर नै प्रिन्ट नगरी पनि टिकट बेचेको पाइयो । यसलाई हामीले गम्भीर रुपमा लिँदै राजस्व र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका हौँ,’ बोर्ड अध्यक्ष दाहालले बताए ।

हलहरूले बारम्बार नियम मिचेपछि विकास बोर्डले अनुगमन गरेर कारबाही सिफारिस गरेको हो । पहिलोपल्ट बोर्डले राजधानीका ठूला हलविरुद्ध ‘एक्सन’ लिन लागेको हो । कर छली गरेको पाइएमा राजस्वले हल बन्द गर्ने , सामान जफत गर्ने र ५ लाख बराबरको जरिवाना तिराउन सक्ने पनि व्यवस्था छ ।

बिहीबारदेखि नेपालमा प्रदर्शन भएको डब फिल्म ‘केजीएफ २’ राजधानीका धेरै हलले दर्शकको माग भन्दै मध्यरात १ बजेदेखि देखाएका थिए । यो क्रममा बोर्डलाई पूर्व जानकारी गराई अनुमति लिनु पर्नेमा सो नलिईकन फिल्म देखाएकाले विकास बोर्ड अनुगमनमा सक्रिय भएको हो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : २३ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल