उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित  « Khabarhub

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले एक जना दन्त चिकित्सकलाई ७ दिनका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

काउन्सिलको गत फागुन २८ गते बसेको पूर्ण बैठकले मीनभवनस्थित डेन्टल भिजन प्रालिमा कार्यरत डा.जय कुमार साहलाई सात दिनका लागि निलम्बन गरेको हो । डाक्टर साहको दर्ता नम्बर २७०५ रहेको छ । डा.साहको विरुद्ध परेको उजुरीमा छानविन गर्दा क्रममा काउन्सिलले उपचारमा त्रुटि भएको ठहर गरेको हो । 

गतवर्ष चैत ५ गते काठमाडौँको कुलेश्वर निवासी एक २६ वर्षीया महिलाले अत्यधिक दाँत दुखेपछि मीनभवनस्थित डेन्टल भिजन प्रालिमा डा. साहसँग चार चरणमा उपचार गराएका थिए । गिजामा सङ्क्रमण, सुजन र असहजता देखिएको र ७ बैशाख २०८२ मा सुनिएको दाँत लिएर क्लिनिमा जाँदा डा.साहले सामान्य समस्या भन्दे गम्भीर रुपमा नलिएको आरोप महिलाको थियो । 

आफूले डा. साहबाट राम्रो रेस्पोन्स नपाएपछि अन्य चिकित्सकसँग उपचारका लागि पुगेको त्यहाँ जाँदा आरसीटी अपुरो भएको कारण केश बिग्रिएको र दाँत निकाल्नु पर्ने अवस्था आएकोले आफ्नो उपचारमा लापरवाही भएको भन्दै महिलाले उजुरी दिएका थिए ।  

उनले अपुरो उपचारले आफ्नो दाँत निकाल्नु पर्ने अवस्था आएको, स्वास्थ्य समस्याका कारण काम, अध्ययन र सामाजिक जीवनमा गम्भीर बाधा पुगेको तथा आफ्नो आत्मविश्वासमा समेत गिरावट आएको भन्दै उपचारमा भएको यस किसिमको लापरवाहीको उचित क्षतिपूर्ति हुनु पर्ने माग राखेका थिए।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १२ : ४० बजे

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क