अनमोल र सुहानाको अभिनयको तारिफ « Khabarhub

अनमोल र सुहानाको अभिनयको तारिफ


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलमा प्रदर्शनरत फिल्म ‘ए मेरो हजुर ४’ ले मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

फिल्म हेर्ने दर्शकले फिल्ममा अनमोल केसी र सुहाना थापाले निर्वाह गरेको भूमिकाको तारिफ गरेका छन् । अभिनेता दयाहाङ राईले सुहानाको अभिनय मन परेको बताएका छन् । उनले सामाजिक सञ्जालमा समेत सुहानाले आफ्नो भूमिकालाई जीवन्त बनाएको प्रतिक्रिया दिएका छन् ।

यस्तै, अभिनेत्री नीता ढुंगानाले सुहानासँगै अनमोलको पनि खुलेरै प्रशंसा गरिन् । उनले अनमोल पपुलर हिरोसँगै अभिनेता पनि भएको प्रतिक्रिया दिएकी छिन् । ‘अनमोलको सुन्दरतासँगै अभिनय पनि हेर्न पायौँ । अब उसको कामको चर्चा पनि हुन्छ नीताले भनिन् । ‘अनमोलको अभिनयमा अझै निखारता आएको छ भने सुहाना राइजिङ स्टार नै हुन्’ अधिकाशंको प्रतिक्रिया आएको छ ।

‘अघिल्लो सिरिज भन्दा यो राम्रो छ । कथाले मन छोयो’ अभिनेता हरिहर अधिकारीले फिल्म हेरेपछि प्रतिक्रिया दिए । स्वस्तिमा खड्का, केकी अधिकारी, रविन्द्र झा, अशोक शर्मा लगायतले पनि अनमोलले काममा निखारता ल्याएको प्रतिक्रिया दिएका छन् । यस्तै, सुहानाले पात्रलाई जिउन सिकेको प्रतिक्रिया प्राप्त भइरहेको छ ।

प्रेम कथामा आधारित फिल्ममा अनमोलले सुहानासँग दोस्रो पटक स्क्रिन सेयर गरेका हुन् । अनमोलले निर्वाह गरेको प्रेमको भूमिका सामान्य भए ता पनि उनले क्यारेक्टरलाई जीवन्त बनाउने प्रयास गरेका छन् । अघिल्लो फिल्महरुको तुलनामा अनमोलले आफूलाई सुधारेका छन् । यस्तै, सुहानाले बोल्ने डायलगको एक्सप्रेसन अनुहारमा देखिएको छ । फिल्म टिमका एक सदस्यका अनुसार प्रदर्शनको पहिलो दिन शत प्रतिशत अकुपेन्सी रहेको थियो । फिल्मले गरेको व्यापारको डाटा आजै वा भोलि सार्वजनिक गरिने उनले बताए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ३ : ३४ बजे

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)

सानेपा पुगे सभापति गगन थापा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २