अनमोल र सुहानाको अभिनयको तारिफ | Khabarhub Khabarhub

अनमोल र सुहानाको अभिनयको तारिफ


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलमा प्रदर्शनरत फिल्म ‘ए मेरो हजुर ४’ ले मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

फिल्म हेर्ने दर्शकले फिल्ममा अनमोल केसी र सुहाना थापाले निर्वाह गरेको भूमिकाको तारिफ गरेका छन् । अभिनेता दयाहाङ राईले सुहानाको अभिनय मन परेको बताएका छन् । उनले सामाजिक सञ्जालमा समेत सुहानाले आफ्नो भूमिकालाई जीवन्त बनाएको प्रतिक्रिया दिएका छन् ।

यस्तै, अभिनेत्री नीता ढुंगानाले सुहानासँगै अनमोलको पनि खुलेरै प्रशंसा गरिन् । उनले अनमोल पपुलर हिरोसँगै अभिनेता पनि भएको प्रतिक्रिया दिएकी छिन् । ‘अनमोलको सुन्दरतासँगै अभिनय पनि हेर्न पायौँ । अब उसको कामको चर्चा पनि हुन्छ नीताले भनिन् । ‘अनमोलको अभिनयमा अझै निखारता आएको छ भने सुहाना राइजिङ स्टार नै हुन्’ अधिकाशंको प्रतिक्रिया आएको छ ।

‘अघिल्लो सिरिज भन्दा यो राम्रो छ । कथाले मन छोयो’ अभिनेता हरिहर अधिकारीले फिल्म हेरेपछि प्रतिक्रिया दिए । स्वस्तिमा खड्का, केकी अधिकारी, रविन्द्र झा, अशोक शर्मा लगायतले पनि अनमोलले काममा निखारता ल्याएको प्रतिक्रिया दिएका छन् । यस्तै, सुहानाले पात्रलाई जिउन सिकेको प्रतिक्रिया प्राप्त भइरहेको छ ।

प्रेम कथामा आधारित फिल्ममा अनमोलले सुहानासँग दोस्रो पटक स्क्रिन सेयर गरेका हुन् । अनमोलले निर्वाह गरेको प्रेमको भूमिका सामान्य भए ता पनि उनले क्यारेक्टरलाई जीवन्त बनाउने प्रयास गरेका छन् । अघिल्लो फिल्महरुको तुलनामा अनमोलले आफूलाई सुधारेका छन् । यस्तै, सुहानाले बोल्ने डायलगको एक्सप्रेसन अनुहारमा देखिएको छ । फिल्म टिमका एक सदस्यका अनुसार प्रदर्शनको पहिलो दिन शत प्रतिशत अकुपेन्सी रहेको थियो । फिल्मले गरेको व्यापारको डाटा आजै वा भोलि सार्वजनिक गरिने उनले बताए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ३ : ३४ बजे

समाचार झुटो भएको भन्दै ट्रम्पले दायर गरे वाल स्ट्रिट प्रमुखविरुद्ध मुद्दा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा