किभस्थित क्षेप्यास्त्र निर्माण गर्ने कारखानामा आक्रमण गरेको रुसको दाबी « Khabarhub

किभस्थित क्षेप्यास्त्र निर्माण गर्ने कारखानामा आक्रमण गरेको रुसको दाबी


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनले आफ्नो युद्धपोत डुबाएको बदलामा रुसले राजधानी किभमा रहेको क्षेप्यास्त्र निर्माण कारखानामा आक्रमण गरेको दाबी गरेको छ । विज्ञप्ति जारी गर्दै रुसी रक्षामन्त्रालयले किभस्थित क्षेप्यास्त्र निर्माण तथा मर्मत कारखानामा आक्रमण गरेको जनाएको हो ।

‘किभमा रहेको राष्ट्रवादी सत्ताबाट रुसी भूमिमा कुनै पनि आतंककारी आक्रमण गर्ने वा विनाश निम्त्याउने गतिविधिको प्रतिक्रियास्वरूप किभका निशानामा क्षेप्यास्त्र आक्रमणको संख्या र स्तर बढ्दै जानेछ ।’ रुसी रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

रुसी आक्रमणबाट किभमा शुक्रबार सुनिएका विष्फोटका आवाज दुई साताअघि रुसी फौज किभबाट पछि हटेयताकै सबैभन्दा शक्तिशाली रहेको रोयटर्सले जनाएको छ ।

कार मर्मत गर्ने पसल चलाउने एक प्रत्यक्षदर्शीले रोयटर्सलाई जनाएअनुसार उनले औद्योगिक भवनहरुमा तीन वटा आगोको लप्का देखेका थिए । पछि अग्नि नियन्त्रकहरुले सो भवनमा लागेको आगो निभाएका थिए ।

‘भवनमा आगो लागेको थियो र म मेरो कारको पछाडि लुक्न गएँ ।’ ३८ वर्षे प्रत्यक्षदर्शी किरिल किरिलोले रोयटर्सलाई भने ।

यसअघि युक्रेनले बिहीबार नेप्चुन क्षेप्यास्त्र प्रहार गरी कृष्ण सागरमा रहेको रुसी फौजको मोस्कवा नामक युद्धपोतलाई ध्वस्त पारेको दाबी गरेको थियो । शुक्रबारमात्रै उक्त युद्धपोत डुबेको रुसी रक्षामन्त्रालयले पुष्टि गरेको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : १० बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट