मृत्यु भइसकेका गाउँपालिका अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा  « Khabarhub

मृत्यु भइसकेका गाउँपालिका अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरूयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका  जनप्रतिनिधिविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउपाँलिकाका स्वर्गीय अध्यक्ष नवलसिंह रावल, उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष पूजादेवी बुढा मगर, वडाअध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत लगायतविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको हो ।

अख्तियारले जनप्रतिनिधिहरूसहित १४ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कैलाली भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको बिक्रीकर संकलनमा भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू वडिमालिका निर्माण सेवाका ठेकेदारबीच मिलेमतोमा सम्झौता भएको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख गरिएको छ ।

यसबारे अनुसन्धान हुँदा मोहन्याल गाउँपालिका कैलालीका तत्कालीन उपाध्यक्ष हाल कार्यबाहक अध्यक्ष पूजादेवी बुढामगर, वडा नम्बर २ का वडा अध्यक्ष देवीदत्त उपाध्याय, वडा नम्बर १ का वडा अध्यक्ष नविन पुन मगर, वडा नम्बर ७ का वडा अध्यक्ष खरप्रसाद अधिकारी, वडा नम्बर ५ का वडा अध्यक्ष छविलाल हौजाली मगर, वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर बोगटी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम भण्डारी, वडा नम्बर ३ का वडा अध्यक्ष नन्दराम गिरीविरूद्ध भ्रष्टाचार मुद्दा लागेको छ ।

साथै गाउँकार्यपालिका सदस्यहरू राधिका दमाई, तारा शर्मा र विशालकुमार पहराई समेतले गाउँ कार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिवृद्धि कर वापतको रकम गरी जम्मा ५४ लाख १८ हजार ५६८ रूपैयाँ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अख्तियारले जनाएको छ । उनीहरूविरूद्ध ५४ लाख १८ हजार ५६८ रूपैयाँ बिगो कायम गरी सजाय गर्न र जरिवाना लिनसमेत माग गरिएको छ ।

यस्तै घरेलु तथा साना उद्योग कार्यालय धनगढी कैलालीमा दर्ता भएको न्यू वडिमालिका निर्माण सेवा र सोका प्रोप्राइटर मकरबहादुर शाहसमेतलाई समेत कारबाही गर्न माग गरेको छ ।

गाउँपालिका अध्यक्ष स्वर्गीय रावलसमेतले गाउँकार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकेदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिवृद्धि करवापतको रकम गरी ५४ लाख १८ हजार ५६८ बराबर हानीनोक्सानी गरेको देखिएको अख्तियारले जनाएको छ ।

मृतकको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था रहेकोले रावलको मृत्यु भइसके पनि निजको हकमा प्रचलित कानुनबमोजिम निजको हक खाने अंशियारबाट बिगो ५४ लाख १८ हजार ५६८ असुलउपर गर्न माग गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ४ : ४० बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल