टीकासँग युवराजले ल्याए ‘प्लिज नभन है हुन्न’ « Khabarhub

टीकासँग युवराजले ल्याए ‘प्लिज नभन है हुन्न’


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक युवराज मगरले नयाँ गीत सार्वजनिक गरेका छन् ।

टीका प्रसाईँ र उनको स्वरमा ‘प्लिज नभन है हुन्न’ बोलको गीत सार्वजनिक भएको हो । नयाँ वर्ष २०७९ को अवसर पारेर युवराजले बिहीबार यो गीत सार्वजनिक गरेका हुन् ।

एकनारायण भण्डारीको शब्द, गायक युवराजकै संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

डान्सिङ विटको गीतलाई गायक युवराज स्वयंमले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता पल शाह र मोडल शुभेक्षा मगर भारतीको अभिनय एवं नृत्य छ । भिडियोमा गाउँको युवा र सहरकी युवतीबीचको कथालाई प्रस्तुत गरिएको छ ।

मोर्डनपन र मौलिकपन दुवैलाई गीत र भिडियोमा प्रस्तुत गरिएको गायक एवं निर्देशक युवराजले बताए । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायांकन, सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : ३२ बजे

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)

सानेपा पुगे सभापति गगन थापा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २