टीकासँग युवराजले ल्याए ‘प्लिज नभन है हुन्न’ | Khabarhub Khabarhub

टीकासँग युवराजले ल्याए ‘प्लिज नभन है हुन्न’


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक युवराज मगरले नयाँ गीत सार्वजनिक गरेका छन् ।

टीका प्रसाईँ र उनको स्वरमा ‘प्लिज नभन है हुन्न’ बोलको गीत सार्वजनिक भएको हो । नयाँ वर्ष २०७९ को अवसर पारेर युवराजले बिहीबार यो गीत सार्वजनिक गरेका हुन् ।

एकनारायण भण्डारीको शब्द, गायक युवराजकै संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

डान्सिङ विटको गीतलाई गायक युवराज स्वयंमले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता पल शाह र मोडल शुभेक्षा मगर भारतीको अभिनय एवं नृत्य छ । भिडियोमा गाउँको युवा र सहरकी युवतीबीचको कथालाई प्रस्तुत गरिएको छ ।

मोर्डनपन र मौलिकपन दुवैलाई गीत र भिडियोमा प्रस्तुत गरिएको गायक एवं निर्देशक युवराजले बताए । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायांकन, सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : ३२ बजे

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै