टिजरमा ‘कपीराइट’ नलाग्ने, उल्टै पुरस्कार पाइने « Khabarhub

टिजरमा ‘कपीराइट’ नलाग्ने, उल्टै पुरस्कार पाइने


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अहिले सामाजिक सञ्जालमा राखिने प्राय कन्टेन कपिराइट लाग्ने हुन्छ ।

त्यो कन्टेन राखे वापत आम्दानी हुने भएकाले पनि ती मनीटाइज हुने गरेका छन् । यद्यपि फिल्म ‘प्रेमगन्ज’ को टिजर भने कपिराइट फ्री हुने भएको छ । बढी दर्शक माझ पुग्न आफ्नो कन्टेनलाई कपीराइट फ्री गरिएको निर्माण पक्षले जनाएको छ । निर्देशक परिच्छेद सेनले फिल्मको टिजर युट्युब, फेसबुक, टिकटक इन्स्टामा निर्धक्क राख्न सकिने जानकारी गराएका छन् ।

निर्देशक सेनले यसरी राखिएको टिजरमा सर्वाधिक दर्शक ल्याउने तीनै प्लेटफर्मका विजेतालाई पुरस्कारको पनि घोषणा गरिएको जानकारी गराएका छन् । तीन प्लेटफर्ममा तीन विजेताले क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

‘ भ्युज ,कमेन्ट र सेयरको आधारमा उत्कृष्ट हुने तीन युट्युब च्यानल , फेसबुक र टिकटकरलाई फिल्मको प्रिमियरमा आकर्षक पुरस्कार प्रदान गरिनेछ’ सेनले भने । निर्माता अनन्तमान श्रेष्ठका अनुसार  यो अफर वैशाख तीन गतेदेखि सुरु भएर साउन २५ गते सम्म चल्नेछ ।  परिच्छेद सेनकै लेखन रहेको यो फिल्ममा बेनिशा हमाल, नरेश पौडेल, पवन भट्टराई, सिमरन खड्का, राइडर प्रशान्त आदि कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : ४७ बजे

महाधिवेशनमा गुट चलाएकी पूर्वराष्ट्रपति विद्या निर्वाचनमा मौन

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादवी भण्डारी चुनावको मुखमा

इटलीविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गतको बिहीबारको खेलमा इटलीविरुद्ध नेपालले

नेपाल-इटालीको खेल : तीनकुनेमा कुमा सागरको सांगीतिक कार्यक्रम

काठमाडौं–  मुम्बइस्थित वाङ्खडे स्टेडियममा नेपालको खेल र इटालीको हुनु अगाडि

आगामी संसद्‌मा राप्रपालाई निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष लिङ्देन

झापा–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख– यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर