टिजरमा ‘कपीराइट’ नलाग्ने, उल्टै पुरस्कार पाइने « Khabarhub

टिजरमा ‘कपीराइट’ नलाग्ने, उल्टै पुरस्कार पाइने


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अहिले सामाजिक सञ्जालमा राखिने प्राय कन्टेन कपिराइट लाग्ने हुन्छ ।

त्यो कन्टेन राखे वापत आम्दानी हुने भएकाले पनि ती मनीटाइज हुने गरेका छन् । यद्यपि फिल्म ‘प्रेमगन्ज’ को टिजर भने कपिराइट फ्री हुने भएको छ । बढी दर्शक माझ पुग्न आफ्नो कन्टेनलाई कपीराइट फ्री गरिएको निर्माण पक्षले जनाएको छ । निर्देशक परिच्छेद सेनले फिल्मको टिजर युट्युब, फेसबुक, टिकटक इन्स्टामा निर्धक्क राख्न सकिने जानकारी गराएका छन् ।

निर्देशक सेनले यसरी राखिएको टिजरमा सर्वाधिक दर्शक ल्याउने तीनै प्लेटफर्मका विजेतालाई पुरस्कारको पनि घोषणा गरिएको जानकारी गराएका छन् । तीन प्लेटफर्ममा तीन विजेताले क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

‘ भ्युज ,कमेन्ट र सेयरको आधारमा उत्कृष्ट हुने तीन युट्युब च्यानल , फेसबुक र टिकटकरलाई फिल्मको प्रिमियरमा आकर्षक पुरस्कार प्रदान गरिनेछ’ सेनले भने । निर्माता अनन्तमान श्रेष्ठका अनुसार  यो अफर वैशाख तीन गतेदेखि सुरु भएर साउन २५ गते सम्म चल्नेछ ।  परिच्छेद सेनकै लेखन रहेको यो फिल्ममा बेनिशा हमाल, नरेश पौडेल, पवन भट्टराई, सिमरन खड्का, राइडर प्रशान्त आदि कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : ४७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको