अमेरिकी प्रतिनिधिण्डलले ताइवान भ्रमण गरेकोमा चीनको ‘कडा विरोध’ « Khabarhub

अमेरिकी प्रतिनिधिण्डलले ताइवान भ्रमण गरेकोमा चीनको ‘कडा विरोध’


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी कांग्रेसको उच्चस्तरीय प्रतिनिधिमण्डलले ताइवानको भ्रमण गरेपछि चीनले कडा विरोध जनाएको छ । अमेरिकास्थित चिनियाँ दूतावासले अमेरिकी कांग्रेसका ६ जना सदस्यले ताइवानको भ्रमण गरेकोमा विरोध जनाएको हो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणबाट एक चीन नीतिको उल्लङ्घन हुने दूतावासको भनाइ छ ।

‘हामी अमेरिकी पक्षलाई एक चीन नीतिको पालना गर्ने आफ्नो प्रतिबद्धताको सम्मान गर्न, एक चीन सिद्धान्त र तीन चीन–अमेरिकी संयुक्त विज्ञप्तिको दृढतापूर्वक पालना गर्न, ताइवानसँगको सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरू तुरुन्तै बन्द गर्न र गलत संकेतहरू पठाउनबाट जोगिन आग्रह गर्दछौँ ।’ दूतावासका प्रवक्तालाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

‘चिनियाँ पक्षले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न कडा कदम चाल्ने छ’ प्रवक्ताले थपे ।

अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिका अध्यक्ष बब मेनेन्डेज, दक्षिण क्यारोलाइनाका रिपब्लिकन सिनेटर लिन्जी ग्राहम सहितको अमेरिकी कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार ताइवान पुगेको हो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ६ : ०१ बजे

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

ज्ञानेन्द्र शाहीको प्रश्न : नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन ?

काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै