अमेरिकी प्रतिनिधिण्डलले ताइवान भ्रमण गरेकोमा चीनको ‘कडा विरोध’ « Khabarhub

अमेरिकी प्रतिनिधिण्डलले ताइवान भ्रमण गरेकोमा चीनको ‘कडा विरोध’


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी कांग्रेसको उच्चस्तरीय प्रतिनिधिमण्डलले ताइवानको भ्रमण गरेपछि चीनले कडा विरोध जनाएको छ । अमेरिकास्थित चिनियाँ दूतावासले अमेरिकी कांग्रेसका ६ जना सदस्यले ताइवानको भ्रमण गरेकोमा विरोध जनाएको हो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणबाट एक चीन नीतिको उल्लङ्घन हुने दूतावासको भनाइ छ ।

‘हामी अमेरिकी पक्षलाई एक चीन नीतिको पालना गर्ने आफ्नो प्रतिबद्धताको सम्मान गर्न, एक चीन सिद्धान्त र तीन चीन–अमेरिकी संयुक्त विज्ञप्तिको दृढतापूर्वक पालना गर्न, ताइवानसँगको सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरू तुरुन्तै बन्द गर्न र गलत संकेतहरू पठाउनबाट जोगिन आग्रह गर्दछौँ ।’ दूतावासका प्रवक्तालाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

‘चिनियाँ पक्षले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न कडा कदम चाल्ने छ’ प्रवक्ताले थपे ।

अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिका अध्यक्ष बब मेनेन्डेज, दक्षिण क्यारोलाइनाका रिपब्लिकन सिनेटर लिन्जी ग्राहम सहितको अमेरिकी कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार ताइवान पुगेको हो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ६ : ०१ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर