दरबारमार्गमा शनिबार महोत्सव हुने « Khabarhub

दरबारमार्गमा शनिबार महोत्सव हुने


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नयाँ वर्षको अवसरमा शनिबार काठमाडौँको दरबारमार्गमा १५ औँ दरबारमार्ग महोत्सवको आयोजना हुन लागेको छ ।

महोत्सवको औपचारिक शुभाम्भ मध्यान्ह साढे १२ बजे नारायणहिटी दक्षिण गेटमा सजाइएको विशेष मञ्चबाट हुने छ । सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतिका साथ औपचारिक शुभारम्भ हुने छ ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएका छन् ।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुन लागेको

हो । महोत्सवको मूल नारा सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँगको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो ।

चर्चित गायकगायिका, कलाकार तथा सांगीतीक समुहहरूको प्रस्तुति, स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन स्टलहरू र बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विषेश आकर्षणहरू रहने छन् ।

महोत्सवमा दिपक बज्राचार्य, कबवेब, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य कलाकार तथा समुहहरू जस्तै एभरेष्ट क्रु, महेश काफ्ले, र भेकले प्रस्तुति दिनेछन् । साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एण्ड सुमन कोइरालाको प्रस्तुतिहरू रहने छन् ।

महोत्सवमा शारीरिक रूपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामाग्रीहरू पनि प्रदर्शनीमा राखिने छन् । त्यसैगरी महिला उद्यमी सहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरूका उत्पादन पनि प्रर्दशनीमा रहने छन् । महोत्सवमा ६० वटा स्टल रहने छन् ।

महोत्सवको मुख्य प्रायोजकमा एनसेल रहेको छ भने सह–प्रायोजकमा गोरखा व्रुअरी र रोयल स्ट्याग रहेका छन् । महोत्सवको बैकिङ् पाटर्नरमा एनआईसी एसिया बैंक, इन्सुरेन्स पाटर्नरमा नेशनललाईफ इन्सुरेन्स, विभरेज पाटर्नरमा डावर नेपाल, अन्य सहयोगी पाटर्नरहरूमा नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका, मनकामना केबलकार, केएफसी, पिजा हट, फोन पे, एनडीज् आइसक्रिम र नेपाल डेरी रहेका छन् ।

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ८ : ५० बजे

विशालनगरमा कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय                      

काठमाडौं– काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्वाचन समन्वय

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

एजेन्सी – सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले

पूर्वस्वास्थ्य सचिव मिश्रा मुछिएको १४ करोडको भ्रष्टाचार मुद्दामा मागियो पाँच लाख धराैटी

काठमाडौं-विशेष अदालतले पूर्वस्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रासँग पाँच लाख

कोशी सरकार र कर्मचारी सञ्चय कोषबीच पेन्सन व्यवस्थापनका लागि सम्झौता

काठमाडौं– कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच कर्मचारीहरूको पेन्सन

‘पुष्पा ३: द रैम्पेज’ मा अल्लू अर्जुन र सलमान खान एकसाथ

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनको ‘पुष्पा’ फ्रेन्चाइजीले दर्शकहरूको मन