‘शमशेर’मा थपिए प्रकाश र सुमन « Khabarhub

‘शमशेर’मा थपिए प्रकाश र सुमन


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक फाइनल नभएता पनि फिल्म ‘शमशेर’ युनिटले अन्य कलाकारहरूलाई अनुबन्धित गरिरहेको छ ।

केही दिन यता कलाकारहरूको लाइनअप गरिरहेको टिमले अभिनेता प्रकाश शाह र एभरेष्ट फिल्म एकेडेमीका विद्यार्थी सुमन थापा अनुबन्धित गरेको छ । अभिनेता मनिष राउत र गौरव पहारी पश्चात टिमले अन्य कलाकारहरू पनि लाइनअप गरिरहेको हो ।

एक्सन जनरामा निर्माण गरिने  फिल्ममा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको ब्यानरको लगानी रहनेछ । फिल्ममा हिमेश पन्त, सुमन गौतम, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुलीलगायतका कलाकारको पनि अभिनय रहनेछ ।

काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा छायांकन गरिने फिल्म सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य निर्माण हुनेछ । फिल्ममा अर्जुन पोखरेलको संगीत रहने छन् ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ९ : २८ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल