सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेस निर्णय « Khabarhub

स्थानीय तह निर्वाचन

सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेस निर्णय


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारीका लागि मुलुकका सबै जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समितिको बैठकले गठबन्धनलाई बलियो बनाउँदै सम्पूर्ण भातृसंगठन, शुभेच्छुक संस्था परिचालन गर्नका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

बैंशाख ३ देखि ५ गतेभित्र प्रदेशबाट सबै नाम सिफारिस गराउने र गठबन्धनमा समस्या देखिएका नाममा पछि छलफल गर्ने समितिले निर्णय गरेको छ । त्यस्तै बैठकले चुनावी सभालाई व्यवस्थित गर्न र आचारसंहितालाई पालना गराउने बिषय पनि मापदण्ड तय गरेको कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए।

बैठकले भ्रातृ संघ समन्वय एवं परिचालन, शुभेच्छुक संस्था समन्वय एवं परिचालन, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन लगायतका उपसमितिहरु गठन गर्ने निर्णय गरेको उनले बताए ।

बैठकमा समिति संयोजक पूर्णबहादुर खड्काले गठबन्धनले सबैको अस्तित्व जोगाउने भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका थिए।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ६ : ५६ बजे

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)

सानेपा पुगे सभापति गगन थापा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २