गृहमन्त्री खाण र प्रकाण्डबीच भेट, निर्वाचनमा सहभागिताबारे छलफल | Khabarhub Khabarhub

गृहमन्त्री खाण र प्रकाण्डबीच भेट, निर्वाचनमा सहभागिताबारे छलफल


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ ।

गृहमन्त्रालयमा आज भएको भेटमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको सहभागिताबारे छलफल भएको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए। भेटमा नेता प्रकाण्डले आफूहरू निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको बताएका छन् ।

भेटमा प्रवक्ता विश्वकर्माले निर्वाचनमा सहभागिताका लागि विभिन्न आरोपमा जेलमा रहेका आफ्नो पार्टीका नेता कार्यकर्ता रिहाइ गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राखेका थिए। गृहमन्त्री खाणले कानुनबमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन सरकार सकारात्मक रहेको बताएका थिए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : २८ बजे

मनसुनी वायुको प्रभावले केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नर्वेलाई हराउँदै इटाली युरो कपको सेमिफाइनलमा

काठमाडौं – कप्तान क्रिस्टिला जिरेलीले ९० मिनेटमा गरेको निर्णायक गोलमा

सिरियाको रक्षा मन्त्रालयमा इजरायलको आक्रमणः युद्ध विरामको सुरुवात भएको अमेरिकी भनाइ

दमासकस – इजरायली सेनाले दमासकसस्थित सिरियाली रक्षा मन्त्रालयमा आक्रमण गरेको

आज साउने सङ्क्रान्ति : लुतो फाल्ने दिन

काठमाडौं – सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय