गृहमन्त्री खाण र प्रकाण्डबीच भेट, निर्वाचनमा सहभागिताबारे छलफल « Khabarhub

गृहमन्त्री खाण र प्रकाण्डबीच भेट, निर्वाचनमा सहभागिताबारे छलफल


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ ।

गृहमन्त्रालयमा आज भएको भेटमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको सहभागिताबारे छलफल भएको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए। भेटमा नेता प्रकाण्डले आफूहरू निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको बताएका छन् ।

भेटमा प्रवक्ता विश्वकर्माले निर्वाचनमा सहभागिताका लागि विभिन्न आरोपमा जेलमा रहेका आफ्नो पार्टीका नेता कार्यकर्ता रिहाइ गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राखेका थिए। गृहमन्त्री खाणले कानुनबमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन सरकार सकारात्मक रहेको बताएका थिए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : २८ बजे

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)

सानेपा पुगे सभापति गगन थापा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २