सप्तरीमा आगलागी हुँदा जलेर एक बालकको मृत्यु « Khabarhub

सप्तरीमा आगलागी हुँदा जलेर एक बालकको मृत्यु


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा आज आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । 

स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो । 

बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा एकाएक आगो सल्किएपछि बालक घरमा भएको थाहा नभएपछि जलेर बालकको मृत्यु भएको प्रत्यक्ष दर्शीले बताएका छन् ।

आगलागी नियन्त्रणमा ढिलाइ भएकोले घरभित्र रहेका बालकको ज्यान गएको बुझिएको छ। दिउँसो ३ बजे आगलागी भएको हुँदा क्षति विवरण अहिले नै यकिन गर्न नसकिए पनि लाखौंको धनमालको क्षति भएको हुनसक्ने जिल्ला  प्रहरी कार्यालयका सप्तरीका प्रहरी  प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

आगलागीमा ज्यान गुमाएका शैलेशको बुवा भने वैदेशिक रोजगारमा विदेशमा रहेका छन् । आमा घरकै काममा व्यस्त भएको बेला बालक मृत्यु स्थानीयको भनाई रहेको छ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : ५२ बजे

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)

सानेपा पुगे सभापति गगन थापा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २