टीकापुरमा रेशम चौधरीको पार्टीको अग्रता « Khabarhub

टीकापुरमा रेशम चौधरीको पार्टीको अग्रता


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कारागारमा रहेका निलम्बित सांसद रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार कैलालीको टीकापुर नगरपालिकाको ५ नम्बर वडामा विजयी भएका छन् ।

नागरिक उन्मुक्ती पार्टीका वडाअध्यक्षमा बलवीर थारुसहित अन्य ५ जना निर्वाचित भएका हुन् ।

टीकापुरको मेयर र उपमेयरमा जारी मतगणनामा पनि चौधरीको पार्टीका उम्मेवाराले कायम गरेका छन् ।

उक्त पार्टीका तर्फबाट टीकापुरमा मेयरका उम्मेदवार रामलाल थारुले ७ सय २९ मतसहित अग्रता लिएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का श्याम खत्रीले केबल ३ सय ४७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सोही पार्टीका तर्फबाट उपमेयरकी उम्मेदवार उल्कादेवी विश्वकर्माले पनि अग्रता कायम गरेकी छिन् । उनले ६ सय ३५ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १२ : २२ बजे

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको