१४ स्थानीय तहको मतपरिणाम आउँदा कुन दलको अवस्था कस्तो ? « Khabarhub

१४ स्थानीय तहको मतपरिणाम आउँदा कुन दलको अवस्था कस्तो ?


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहको निर्वाचन अन्तर्गत १४ स्थानीय तहमा प्रमुख पदको मतपरिणाम सार्वजनिक हुँदा नेकपा (एमाले) ले अग्रता लिएको छ ।

प्राप्त पछिल्लो नतिजाअनुसार नेकपा एमालेले ६ वटा स्थानीय तहमा मेयर र गाउँपालिका अध्यक्षमा जित हासिल गर्दै अग्रता लिएको हो । एमालेले जारी मतगणनामा १ सय ७० भन्दा बढी स्थानमा अग्रता कायम गरेको छ ।

सत्तारुढ नेपाली कांग्रेसले ५ स्थानमा मेयर र गाउँपालिका अध्यक्षमा जित हासिल गरेको छ भने जारी मतगणनामा २ सय ६० भन्दा बढी स्थानीय तहमा अग्रता लिएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले २ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ । १० स्थानमा नेकपा (एस) का उम्मेदवारले अग्रता लिएका छन् ।

नेकपा (माओवादी केन्द्र) ले एक प्रमुख पदमा जित हासिल गरेको छ । माओवादीले १ सय स्थानीय तहमा अग्रता लिएको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालले २३ स्थानीय तहमा अग्रता लिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ६ स्थानमा अग्रता लिएको छ ।

अन्य २९ स्थानीय तहमा स्वतन्त्र तथा अन्य पार्टीका उम्मेदवारहरुले अग्रता लिएका छन् । देशभर मतगणना जारी छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १ : २६ बजे

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।