चन्द्रनगर गाउँपालिका-१ मा कांग्रेसका महतो विजयी « Khabarhub

चन्द्रनगर गाउँपालिका-१ मा कांग्रेसका महतो विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका उमेद्वार विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका रामेश्वर प्रसाद महतो विजयी भएका हुन् । महतोले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत प्राप्त गरे । उनको  पक्षमा ६ सय ४६ मत परेको छ । महतोका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार  सुशील कुमार राय यादवले ३ सय ७१ मत मात्र प्राप्त गरे ।

समग्र गाउँपालिकामा पनि कांग्रेसले नै अग्रता कायम गरिरहेको छ । पछिल्लो मत परिणामअनुसार मेयर पदको लागि कांग्रेसका उम्मेदवारको पक्षमा ७ सय ८० मत परेको छ । लोकतान्त्रिक समाजवादी  र नेकपा(माओवादी केन्द्र) का उम्मेदवारलाई क्रमशः३ सय ५७ र २ सय ९७ मत परेको छ ।

उपमेयर पदमा नेपाली कांग्रेसकी मञ्जु देवीलाई ५ सय ८४ मत परेको छ भने लोसपाकी उम्मेदवार कुन्तिदेवी साहलाई ३ सय ४९ र माओवादी केन्द्रकी उम्मेदवार गीतादेवी महतोलाई ३ सय ८५ मत परेको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ११ : ०६ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका