स्थानीय तह निर्वाचन : २० ठाउँको अन्तिम नतिजा आउँदा कुन दलले कति सिट जिते ? « Khabarhub

स्थानीय तह निर्वाचन : २० ठाउँको अन्तिम नतिजा आउँदा कुन दलले कति सिट जिते ?


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत वैशाख ३० गते निर्वाचन भएका स्थानीय तहमध्ये हालसम्म २० वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका २० वटा पालिकामध्ये ८ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमाले, ७ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेस, ३ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र २ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार विजयी भएका छन् ।

हाल मतगणना भएका स्थानहरुमध्ये पालिका अध्यक्ष तथा प्रमुखमा २६६ स्थानमा नेपाली कांग्रेस, १८३ स्थानमा नेकपा एमाले, १०९ स्थानमा माओवादी केन्द्र, १२ स्थानमा एकीकृत समाजवादी, २६ स्थानमा जनता समाजवादी पार्टी नेपाल, ६ स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र २७ स्थानमा पार्टी तथा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ ।

यस्तै, उपप्रमुख/उपाध्यक्षको मतगणना सकिएका २० स्थानमध्ये ८ वटामा नेपाली कांग्रेस, ७ स्थानमा नेकपा एमाले, २ स्थानमा माओवादी केन्द्र, २ स्थानमा एकीकृत समाजवादी र एक स्थानमा अन्य उम्मेदवार विजयी बनेका छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ११ : ४४ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका