कोरोनाको प्रकोप नियन्त्रणका लागि उत्तर कोरियामा कडा मापदण्ड लागू « Khabarhub

कोरोनाको प्रकोप नियन्त्रणका लागि उत्तर कोरियामा कडा मापदण्ड लागू


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाले कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ । मापदण्डअनुसार उत्तर कोरियामा देशव्यापी रुपमा लकडाउन गरिएको छ ।

उत्तर कोरियाली नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन । पछिल्ला केही दिनयता ज्वरोका बिरामीहरु बढेकाले उपचारमा स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ ।

उत्तर कोरियामा शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको बताइएको थियो । उत्तर कोरियालमा पछिल्ला केही दिनहरुमा ज्वरोका बिरामी बढेका पाइएको छ । ती ज्वरोका विरामीहरुमा कोभिड भएको आशंका पनि गरिएको छ ।

त्यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताएको छ ।

उत्तर कोरियाली जनस्वस्थ्य मन्त्रालयको संयोजनमा ज्वरोका बिरामीहरुको उपचारका काम भएको छ । उत्तर कोरियामा ज्वरो आउने विरामीको संख्या बढ्दै गएको छ ।

ती ज्वरोका बिरामीमा कोभिडको संक्रमण भएको आशंका गरिएकाले उपचारमा पनि सतर्कता अपनाइएको जनाइएको छ ।

त्यहाँका नागरिकलाई कोभिड विरुद्धको खोप दिइएको छैन । अधिकांश जनसंख्याले खोप नलगाएका कारण ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

उत्तर कोरियाको राजधानी प्याङ्याङमा कोरोन भाइरसको ओमिक्रोन भेरियन्ट पत्ता लागेका बिहीबार पुष्टि भएको थियो । त्यहाँ सर्वोच्च नेता नेता किम जोङ उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न निर्देशन दिएसँगै मुलुकभर लकडाउन भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १२ : ५९ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन