उत्तर कोरियामा ‘ज्वरो’ बाट थप १५ जनाको मृत्यु « Khabarhub

उत्तर कोरियामा ‘ज्वरो’ बाट थप १५ जनाको मृत्यु


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाले आइतबार ‘ज्वरो’ बाट थप १५ जनाको मृत्यु भएको घोषणा गरेको छ । कोरोना भाइरसको प्रकोप फैलिरहेको उत्तर कोरियामा मृत्यु भएकाहरूलाई कोभिड– १९ भएको आशंका गरिएको छ ।

राज्यको आधिकारिक समाचार संस्था केसीएनएले प्रकोप सुरु भएदेखि ४२ जनाको मृत्यु भएको बताएको छ । मुलुकमा आठ लाख २० हजार ६ सय २० जनालाई ज्वरो देखिएको ती मध्ये तीन लाख २४ हजार ५ सय ५० जना उपचार गरी निको भएका बताइएको छ ।  

उत्तर कोरियामा कोभिड–१९ को पहिलो घटना पुष्टि भएलगत्तै नेता किम जोङ उनले राष्ट्रव्यापी लकडाउनको निर्देशन जारी गरेका छन् ।

उत्तर कोरियाको राजधानी प्योङ्याङमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पत्ता लागेका गत बिहीबार पुष्टि भएको थियो । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ३ : १९ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण