उत्तर कोरियामा 'ज्वरो' बाट थप १५ जनाको मृत्यु | Khabarhub Khabarhub

उत्तर कोरियामा ‘ज्वरो’ बाट थप १५ जनाको मृत्यु


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाले आइतबार ‘ज्वरो’ बाट थप १५ जनाको मृत्यु भएको घोषणा गरेको छ । कोरोना भाइरसको प्रकोप फैलिरहेको उत्तर कोरियामा मृत्यु भएकाहरूलाई कोभिड– १९ भएको आशंका गरिएको छ ।

राज्यको आधिकारिक समाचार संस्था केसीएनएले प्रकोप सुरु भएदेखि ४२ जनाको मृत्यु भएको बताएको छ । मुलुकमा आठ लाख २० हजार ६ सय २० जनालाई ज्वरो देखिएको ती मध्ये तीन लाख २४ हजार ५ सय ५० जना उपचार गरी निको भएका बताइएको छ ।  

उत्तर कोरियामा कोभिड–१९ को पहिलो घटना पुष्टि भएलगत्तै नेता किम जोङ उनले राष्ट्रव्यापी लकडाउनको निर्देशन जारी गरेका छन् ।

उत्तर कोरियाको राजधानी प्योङ्याङमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पत्ता लागेका गत बिहीबार पुष्टि भएको थियो । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ३ : १९ बजे

फेरी एक पटक अन्तरिक्ष उडानमा ब्लू ओरिजिन

काठमाडौं– अन्तरिक्ष यात्रा गर्ने सबैको सपना हुन्छ । तर त्यस्ता

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा

काठमाडौं – कथावाचक साइग्रेस पोखरेलको श्रव्य उपन्यास ‘अधुरो प्रेम’को कथामा

संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दुई महिनापछि संसद्मा उभिएर

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा

काठमाडौं– कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित

गगनमाथि संसद्‍बाटै रविको ‘बदला’

काठमाडौं – सहकारी ठगी आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि