‘अब राजनीतिमा सक्रियता बढाउँछु’ « Khabarhub

‘अब राजनीतिमा सक्रियता बढाउँछु’


१ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कलाकार किशोर भण्डारी ‘डिट्ठा साव’ नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य पदमा विजयी भएका छन् ।

उनले तारकेश्वर नगरपालिका-२ को वडा सदस्य पदमा विजय हासिल गरेका हुन् । काभ्रेस्थलीका स्थायी बासिन्दा किशोर आफ्नो प्यानलसँगै विजयी भएका हुन् । वडामा खसेको २ हजार ५ सय ७९ मतमा किशोरले १ हजार ७३ मत पाएका हुन् । जनमत पाएपछि विजयी जुलुसमा सहभागी किशोरले आफू कलाकारिता अगाडि नै राजनीतिमा रहेको बताए ।

‘मैंले२०४७ सालबाट नै नेपाल विद्यार्थी संघ मार्फत राजनीति सुरु गरेको हुँ । म २०५२ सालमा क्रियाशील सदस्य भइसकेको थिएँ । तर २०५५ साल देखि २०७८ सालसम्म राजनीति भन्दा पनि कलाकारितामा सक्रिय भएँ’ किशोरले भने । उनले आफ्नो घरमा सबै कांग्रेस भएकोले र आफूलाई पनि सिद्धान्त मन परेकोले विद्यार्थी जीवनमै कांग्रेसमा भएको बताए । ‘मलाई मेरो नगरमा राजनीतिज्ञ भनेर पनि चिन्छन् । २०५४ मा नेपाली कांग्रेसलाई विजयी गराएको वडामा पछिल्लो स्थानीय निर्वाचन २०७४ मा भने हार बेहोर्नु पर्‍यो किशोर भन्छन् ‘स्थानीय पार्टीका साथीहरूले सक्रियता बढाउनु पर्‍यो भनेपछि अहिले सक्रिय भएको हुँ ।’

उनले आफ्नो वडा, नगरको विकासका लागि राजनीतिमा सक्रियता बढेको बताए । ‘कोरोना भाइरसले निम्त्याको महामारीको समयमा सहयोग गर्ने किसिमले वडा र नगरमा सक्रियता बढ्दा पनि विकासको स्थिति थाहा भयो । अब राजनीतिज्ञको रुपमा अगाडि बढ्छु’ उनले भने । चुनावी प्रचारका क्रममा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने बताएका किशोरले त्यसलाई पुरा गराउने बताए ।

‘अबको समय कलाकारितासँगै राजनीतिज्ञको रुपमा पनि हुनेछ । अब मेरो यात्रा राजनीतिमा निरन्तर रहन्छु किशोरले भने । भण्डारीले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘डिट्ठासाब’ हास्य टेलिश्रृंखलामा ‘डिट्ठासाब’ को उपनाम पाएका हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : ५८ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,