‘अब राजनीतिमा सक्रियता बढाउँछु’ « Khabarhub

‘अब राजनीतिमा सक्रियता बढाउँछु’


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कलाकार किशोर भण्डारी ‘डिट्ठा साव’ नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य पदमा विजयी भएका छन् ।

उनले तारकेश्वर नगरपालिका-२ को वडा सदस्य पदमा विजय हासिल गरेका हुन् । काभ्रेस्थलीका स्थायी बासिन्दा किशोर आफ्नो प्यानलसँगै विजयी भएका हुन् । वडामा खसेको २ हजार ५ सय ७९ मतमा किशोरले १ हजार ७३ मत पाएका हुन् । जनमत पाएपछि विजयी जुलुसमा सहभागी किशोरले आफू कलाकारिता अगाडि नै राजनीतिमा रहेको बताए ।

‘मैंले२०४७ सालबाट नै नेपाल विद्यार्थी संघ मार्फत राजनीति सुरु गरेको हुँ । म २०५२ सालमा क्रियाशील सदस्य भइसकेको थिएँ । तर २०५५ साल देखि २०७८ सालसम्म राजनीति भन्दा पनि कलाकारितामा सक्रिय भएँ’ किशोरले भने । उनले आफ्नो घरमा सबै कांग्रेस भएकोले र आफूलाई पनि सिद्धान्त मन परेकोले विद्यार्थी जीवनमै कांग्रेसमा भएको बताए । ‘मलाई मेरो नगरमा राजनीतिज्ञ भनेर पनि चिन्छन् । २०५४ मा नेपाली कांग्रेसलाई विजयी गराएको वडामा पछिल्लो स्थानीय निर्वाचन २०७४ मा भने हार बेहोर्नु पर्‍यो किशोर भन्छन् ‘स्थानीय पार्टीका साथीहरूले सक्रियता बढाउनु पर्‍यो भनेपछि अहिले सक्रिय भएको हुँ ।’

उनले आफ्नो वडा, नगरको विकासका लागि राजनीतिमा सक्रियता बढेको बताए । ‘कोरोना भाइरसले निम्त्याको महामारीको समयमा सहयोग गर्ने किसिमले वडा र नगरमा सक्रियता बढ्दा पनि विकासको स्थिति थाहा भयो । अब राजनीतिज्ञको रुपमा अगाडि बढ्छु’ उनले भने । चुनावी प्रचारका क्रममा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने बताएका किशोरले त्यसलाई पुरा गराउने बताए ।

‘अबको समय कलाकारितासँगै राजनीतिज्ञको रुपमा पनि हुनेछ । अब मेरो यात्रा राजनीतिमा निरन्तर रहन्छु किशोरले भने । भण्डारीले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘डिट्ठासाब’ हास्य टेलिश्रृंखलामा ‘डिट्ठासाब’ को उपनाम पाएका हुन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ३ : ५८ बजे

विष्णु रिमाल केन्द्रिय सदस्यमा पनि पराजित

काठमाडौं- अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र विष्णु रिमाल नेकपा एमालेको

कांग्रेसबाट अबको प्रधानमन्त्री मधेशबाटै बनाउने सङ्कल्प गरौँ : गुरु घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका नेता गुरु घिमिरेले पार्टीको महाधिवेशन आगामी यात्राका

१७ सय २१ मतसहित एमाले केन्द्रीय कमिटीमा आए सुहाङ नेम्बाङ

काठमाडौं– इलामका युवा नेता सुहाङ नेम्वाङ नेकपा एमालेको केन्द्रीय सदस्य भएका

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौं– विभिन्न शहरबाट अवैध लागूऔषधसहित १९ जना पक्राउ परेका छन्

नवजात शिशुको सिकलसेल परीक्षण निःशुल्क

नेपालगञ्ज– भेरी अस्पताल नेपालगञ्जमा नवजात शिशुको सिकलसेल एनिमियाको निःशुल्क परीक्षण