चितवनको खैरहनी र कालिकाका गरी चार वडामा कांग्रेस विजयी « Khabarhub

चितवनको खैरहनी र कालिकाका गरी चार वडामा कांग्रेस विजयी


१ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको कालिका नगरपालिका र खैरहनी नगरपालिकाका गरी चार वडामा कांग्रेस विजयी भएको छ । 

खैरहनी–१ र २ र कालिका–१ र १० को अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । खैरहनी–२ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

खैरहनी नगरपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका नवराज भुसाल निर्वाचित भएका छन् । भुसाल एक हजार ९४ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका बसन्त लामिछानेले ९ सय ३३ मत ल्याए । वडा सदस्यमा कांग्रेसका दिपेन्द्र चौधरीले ९ सय ८२ र एमालेकी अनिता नेपालले ९५०, महिला सदस्यमा एमालेकी बुधरमिया महतोले एक हजार ७९ र दलित महिला सदस्यमा एमालेकै सिर्जना सुनारले एक हजार ४२ मत ल्याएर निर्वाचित भएका छन् । 

खैरहनी नगरपालिका–२ मा कांग्रेसको प्यानल नै विजयी भयो । अध्यक्षमा कांग्रेसका रोहिणीप्रसाद उप्रेती ११ सय ६८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रकमल पाण्डेले ५८४ मत मात्रै प्राप्त गरे । खुला सदस्यमा युवराज बोगटी र आशी दराई, महिला सदस्यमा कमला खनाल र दलित महिला सदस्यमा मिना सुनार निर्वाचित भए ।

कालिका नगरपालिका–१ को अध्यक्षमा कांग्रेसका सन्तवीर स्याङ्तान ८९६ मत ल्याएर निर्वाचित भए । स्याङ्तानले आफ्नो निकटतम प्रतिस्पर्धी एमालेका बुद्धि बोमजनलाई ५३ मतान्तरले पराजित गरे । बोमजनले ८४३ मत प्राप्त गरे । सदस्यमा एमालेका ओमकार खड्का, जीवन लामा, महिला सदस्यमा एमालेकी सरस्वती खत्री र दलित महिला सदस्यमा एमालेकै लक्ष्मी परियार निर्वाचित भइन् ।

कालिका–१० को अध्यक्षमा कांग्रेसका नरजंग प्रजा ४९२ मत ल्याएर निर्वाचित भए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका धनवीर प्रजाले ३०१ मत मात्रै प्राप्त गरे ।

खुला सदस्यमा कांग्रेसका रोमन श्रेष्ठ, माओवादीकी सुमित्रा  तामाङ श्रेष्ठ, महिला सदस्यमा माओवादीकी सन्जु  तामाङ र दलित महिला सदस्यमा ताराकुमारी बिक निर्वाचित भइन् । 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : ५५ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,