चितवनको खैरहनी र कालिकाका गरी चार वडामा कांग्रेस विजयी « Khabarhub

चितवनको खैरहनी र कालिकाका गरी चार वडामा कांग्रेस विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको कालिका नगरपालिका र खैरहनी नगरपालिकाका गरी चार वडामा कांग्रेस विजयी भएको छ । 

खैरहनी–१ र २ र कालिका–१ र १० को अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । खैरहनी–२ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

खैरहनी नगरपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका नवराज भुसाल निर्वाचित भएका छन् । भुसाल एक हजार ९४ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका बसन्त लामिछानेले ९ सय ३३ मत ल्याए । वडा सदस्यमा कांग्रेसका दिपेन्द्र चौधरीले ९ सय ८२ र एमालेकी अनिता नेपालले ९५०, महिला सदस्यमा एमालेकी बुधरमिया महतोले एक हजार ७९ र दलित महिला सदस्यमा एमालेकै सिर्जना सुनारले एक हजार ४२ मत ल्याएर निर्वाचित भएका छन् । 

खैरहनी नगरपालिका–२ मा कांग्रेसको प्यानल नै विजयी भयो । अध्यक्षमा कांग्रेसका रोहिणीप्रसाद उप्रेती ११ सय ६८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रकमल पाण्डेले ५८४ मत मात्रै प्राप्त गरे । खुला सदस्यमा युवराज बोगटी र आशी दराई, महिला सदस्यमा कमला खनाल र दलित महिला सदस्यमा मिना सुनार निर्वाचित भए ।

कालिका नगरपालिका–१ को अध्यक्षमा कांग्रेसका सन्तवीर स्याङ्तान ८९६ मत ल्याएर निर्वाचित भए । स्याङ्तानले आफ्नो निकटतम प्रतिस्पर्धी एमालेका बुद्धि बोमजनलाई ५३ मतान्तरले पराजित गरे । बोमजनले ८४३ मत प्राप्त गरे । सदस्यमा एमालेका ओमकार खड्का, जीवन लामा, महिला सदस्यमा एमालेकी सरस्वती खत्री र दलित महिला सदस्यमा एमालेकै लक्ष्मी परियार निर्वाचित भइन् ।

कालिका–१० को अध्यक्षमा कांग्रेसका नरजंग प्रजा ४९२ मत ल्याएर निर्वाचित भए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका धनवीर प्रजाले ३०१ मत मात्रै प्राप्त गरे ।

खुला सदस्यमा कांग्रेसका रोमन श्रेष्ठ, माओवादीकी सुमित्रा  तामाङ श्रेष्ठ, महिला सदस्यमा माओवादीकी सन्जु  तामाङ र दलित महिला सदस्यमा ताराकुमारी बिक निर्वाचित भइन् । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ३ : ५५ बजे

विष्णु रिमाल केन्द्रिय सदस्यमा पनि पराजित

काठमाडौं- अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र विष्णु रिमाल नेकपा एमालेको

कांग्रेसबाट अबको प्रधानमन्त्री मधेशबाटै बनाउने सङ्कल्प गरौँ : गुरु घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका नेता गुरु घिमिरेले पार्टीको महाधिवेशन आगामी यात्राका

१७ सय २१ मतसहित एमाले केन्द्रीय कमिटीमा आए सुहाङ नेम्बाङ

काठमाडौं– इलामका युवा नेता सुहाङ नेम्वाङ नेकपा एमालेको केन्द्रीय सदस्य भएका

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौं– विभिन्न शहरबाट अवैध लागूऔषधसहित १९ जना पक्राउ परेका छन्

नवजात शिशुको सिकलसेल परीक्षण निःशुल्क

नेपालगञ्ज– भेरी अस्पताल नेपालगञ्जमा नवजात शिशुको सिकलसेल एनिमियाको निःशुल्क परीक्षण