दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ताको प्रस्ताव « Khabarhub

दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ताको प्रस्ताव


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौं– उत्तर कोरियामा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेका बेला दक्षिण कोरियाले यसको नियन्त्रणका लागि उत्तरसमक्ष वार्ताको प्रस्ताव गरेको छ ।

प्रकोपको नियन्त्रण गर्न उत्तर कोरियालाई सहयोग गर्ने विषयमा वार्ता केन्द्रित हुने दक्षिण कोरियाले जनाएको छ । यही साताको शुरुमै कार्य स्तरमा वार्ता शुरु हुनेगरी प्रस्ताव गरिएको नाम उल्लेख नगरिएका एकजना दक्षिण कोरियाली वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै योन्हाप समाचार संस्थाले जनाएको छ ।

यही साताको शुरुमा कार्य स्तरमा वार्ता गर्नेबारे उत्तर कोरियासमक्ष औपचारिक प्रस्ताव पठाउने विषयमा सक्रिय रुपमा समीक्षा गरिरहेको छ ।’ ती अधिकारीले भने । अर्का एकीकरण मन्त्रालयका अधिकारीले उत्तर कोरियालाई व्यवहारिक सहयोग’ गर्ने विषयमा सक्दो छिटो प्रस्ताव गर्ने तयारी भइरहेको जनाएका छन् ।

उत्तर कोरियाले मुलुकमा गत बिहीबार कोरोना भाइरसका संक्रमित पहिलो पटक फेला परेको जनाएको थियो । त्यसयता प्रकोप व्यवस्थापनका लागि उत्तर कोरियाले १३ लाख ४० हजार जनालाई परिचालन गरेको योन्हापले जनाएको छ ।

दक्षिण कोरियामा युन सुक यिओलले नयाँ राष्ट्रपतिको कार्यकाल शुरु गरेसँगै दक्षिणले उत्तरलाई वार्ताको प्रस्ताव गरेको हो । गत शुक्रबार युनले उत्तर कोरियालाई कोभिड १९ खोप तथा अन्य औषधि सहायता उपलब्ध गराउने प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ४ : ४७ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका