दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ताको प्रस्ताव « Khabarhub

दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ताको प्रस्ताव


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौं– उत्तर कोरियामा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेका बेला दक्षिण कोरियाले यसको नियन्त्रणका लागि उत्तरसमक्ष वार्ताको प्रस्ताव गरेको छ ।

प्रकोपको नियन्त्रण गर्न उत्तर कोरियालाई सहयोग गर्ने विषयमा वार्ता केन्द्रित हुने दक्षिण कोरियाले जनाएको छ । यही साताको शुरुमै कार्य स्तरमा वार्ता शुरु हुनेगरी प्रस्ताव गरिएको नाम उल्लेख नगरिएका एकजना दक्षिण कोरियाली वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै योन्हाप समाचार संस्थाले जनाएको छ ।

यही साताको शुरुमा कार्य स्तरमा वार्ता गर्नेबारे उत्तर कोरियासमक्ष औपचारिक प्रस्ताव पठाउने विषयमा सक्रिय रुपमा समीक्षा गरिरहेको छ ।’ ती अधिकारीले भने । अर्का एकीकरण मन्त्रालयका अधिकारीले उत्तर कोरियालाई व्यवहारिक सहयोग’ गर्ने विषयमा सक्दो छिटो प्रस्ताव गर्ने तयारी भइरहेको जनाएका छन् ।

उत्तर कोरियाले मुलुकमा गत बिहीबार कोरोना भाइरसका संक्रमित पहिलो पटक फेला परेको जनाएको थियो । त्यसयता प्रकोप व्यवस्थापनका लागि उत्तर कोरियाले १३ लाख ४० हजार जनालाई परिचालन गरेको योन्हापले जनाएको छ ।

दक्षिण कोरियामा युन सुक यिओलले नयाँ राष्ट्रपतिको कार्यकाल शुरु गरेसँगै दक्षिणले उत्तरलाई वार्ताको प्रस्ताव गरेको हो । गत शुक्रबार युनले उत्तर कोरियालाई कोभिड १९ खोप तथा अन्य औषधि सहायता उपलब्ध गराउने प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ४ : ४७ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण