वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता « Khabarhub

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार  राजेशमान सिंहले दुई हजार २८२ मतसहित अग्रतालाई निरन्तरता  दिएका छन्। 

यसैगरी नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले  ९१६ मतसहित उनीसँग प्रतिस्पर्धामा छन्। महानगरपालिकाको मतगणना अनुसार हाल वडा न १, २, ३१ र ३२ को मतगणना जारी छ । मतगणना गर्न लामो समय लाग्ने भएकाले अन्तिम नतिजा आउन एक साता लाग्ने छ । 

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) (एस) र  जनता समाजवादी पार्टी (जसपा) का बीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच आर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको हो ।

यद्यपि पर्साका वीरगञ्ज महानगरपालिका बाहेकका अन्य पालिकामा राजनीतिक दलबीच खासै तालमेल भएको छैन । पर्सामा मधेश प्रदेशको एक मात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । पर्साका अन्य पालिकामा पनि मतगणना जारी छ । जिल्लाको १४ वटै पालिकामा मतगणनाका लागि मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभि जडान गरी व्यवस्थापन मिलाइएको  छ  ।

पर्सामा रहेका कूल १४ वटा पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा लागि कूल  तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा रहेका हुन् । पालिका रहेको पर्सामा हाल एक लाख ४८ हजार २८३  जना महिला र  एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ जना  मतदाता रहेका थिए । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ५ : ५९ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी